९ असार २०७० | 23 June 2013

कस्ता कलेज रोज्ने?

Share:
  

यसपटक एसएलसी उत्तीर्ण एक लाख ७६ हजार विद्यार्थीमध्येका अब्बल विद्यार्थी आफूतिर तान्न देशैभरका प्लस टु कलेजहरूले भर्ना अभियान शुरू गरेका छन्। राजधानीका नाम चलेका कलेजमध्ये धेरैले विज्ञान र व्यवस्थापन विषयमा उत्कृष्ट विद्यार्थी भित्र्याउने अघोषित प्रतिस्पर्धा नै गरिरहेका छन्। विद्यार्थीमा कस्तो प्लस टु छान्ने भन्ने अन्योल छ भने कलेजहरूलाई विद्यार्थी भित्र्याउने चटारो। विद्यार्थी र अभिभावकको रूचिमा कस्ता कलेज पर्छन् त? सञ्चालकहरू भन्छन्– गुणस्तरीय शिक्षा, राम्रो भौतिक पूर्वाधार तथा उत्कृष्ट नतिजा दिने प्लस टु रोजाइमा पर्दै आएका छन्। कलेजहरूले राम्रा भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा दिन ध्यान त पुर्‍याएकै छन्, पछिल्लो समयमा कक्षामै नैतिक शिक्षा, योग, विदेशी भाषाको तालीम र इन्जिनियरिङ तथा एमबीबीएसको तयारी कक्षा पनि चलाउन थालेका छन्। नियमित पढाइ बाहेकका यस्ता उपायले विद्यार्थी तान्न सकिने उनीहरूको आकलन छ।

डा. माधवप्रसाद बराल

नेशनल स्कूल अफ साइन्सेस्

दुई दशकदेखि लगातार गुणस्तरीय शिक्षा दिएकाले नेशनल स्कूल अफ साइन्सेस् विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो। प्लस टुसँगै एमबीबीएस र इञ्जिनियरिङतर्फको नतिजा त्यसको उदाहरण हो। विद्यार्थीको आत्मविश्वास विकास, परीक्षामा प्रस्तुत हुने ज्ञान र अनुशासनसँगै हामी नियमित परीक्षा र गृहकार्यमा जोड दिन्छौं। ११ कक्षामा विज्ञान र व्यवस्थापन गरी १०५० विद्यार्थीलाई पढाउँछौं।

एचसी लामिछाने

प्रिन्सिपल, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सीसीआरसी)

विद्यार्थीको रोजाइमा सीसीआरसी पर्नुको प्रमुख कारण गन्तव्यमुखी पढाइ नै हो। हामी प्लस टुपछि के भन्ने दृष्टि राखेर विद्यार्थीको लक्ष्य अनुसारको शिक्षामा जोड दिन्छौं। प्लस टुमा राम्रो नतिजासँगै इन्जिनियरिङ, एमबीबीएस लगायतका विषयमा सफल बनाउनु हाम्रो प्राथमिकता हो। कमजोर विद्यार्थीलाई हामी थप कक्षाको व्यवस्था गरेर पनि पढाउँछौं। ११ कक्षामा विज्ञान र व्यवस्थापनमा गरी ८६० विद्यार्थी भर्ना लिन्छौं।

प्रा. डा. रेशमबहादुर बस्नेत

प्रिन्सिपल, के एण्ड के कलेज

शैक्षिक वातावरण, अनुशासित सिकाइ र उत्कृष्ट नतिजा हाम्रा विशेषता हुन्। बीएसडब्लुमा विद्यार्थीहरू लगातार सर्वोत्कृष्ट हुनुले पनि गुणस्तरीय शिक्षा दर्साउँछ। प्लस टुदेखि स्नातकोत्तरसम्म ६ वटा कार्यक्रम चलिरहेका छन्। व्यवस्थापन मात्र पढाइ हुने प्लस टुमा ८० प्रतिशतभन्दा बढी विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्। अनुभवी र खारिएका शिक्षक हाम्रा सबल पक्ष हुन्।

शिरीष खड्का

निर्देशक, ओलम्पिया वर्ल्ड कलेज

हामी स्मार्ट कक्षामार्फत विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गरिरहेका छौं। परम्परागत शिक्षा प्रणालीलाई डिजिटलाइज्ड बोर्ड र अडियो/भिजुअलबाट प्रतिस्थापन गरेका छौं। विद्यार्थीलाई रटाउने, तर्साएर पढाउने पद्धतिको सट्टा हामीले अवलम्बन गरेको प्रयोगात्मक सिकाइ सफल भएको नतिजाबाटै प्रमाणित हुन्छ।

खगेन्द्र ओझा

अध्यक्ष/प्रिन्सिपल, ग्लोबल कलेज अफ म्यानेजमेन्ट

अनुभवी, स्थायी र उच्च शैक्षिक योग्यता भएका शिक्षक ग्लोबल कलेजका खम्बा हुन्। स्वच्छ शैक्षिक वातावरणमा ज्ञान र सीप एकसाथ दिएर व्यावहारिक जीवनमा सफल र अनुशासित प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न हामी कुनै कसर छाड्दैनौं। प्लस टुमा ९९.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन्। हामीले पढाएका विद्यार्थी बीबीए र सीएमा उत्कृष्ट भएका छन्। अतिरिक्त क्रियाकलापभन्दा पढाइलाई महत्व दिन्छौं।

रमेश सिलवाल

प्रमुख कार्यकारी अधिकृत, गोल्डेनगेट इन्टरनेशनल कलेज

गोल्डेनगेट कलेज १० वर्षभित्र विश्वविद्यालय बन्ने लक्ष्यसाथ अघि बढेको छ। हामीले बेलायत तथा मलेसियाका विश्वविद्यालयसँग सम्बन्धन लिएर पनि कार्यक्रम चलाइरहेका छौं। हामी 'होलिस्टिक एप्रोच' मा विद्यार्थीहरूको शैक्षिक, बौद्धिक र शारीरिक विकासमा जोड दिन्छौं। हामी ज्ञान मात्र बाँड्दैनौं, विद्यार्थीलाई प्रोत्साहित पनि गर्छौं।

रवीन्द्रजंग थापा

प्रिन्सिपल, रिलायन्स इन्टरनेशनल एकेडेमी

एक दशकदेखिको हाम्रो सफलता र साख भनेकै विद्यार्थी र अभिभावकबाट प्राप्त विश्वास हो। विद्यार्थीमा सकारात्मक सोचको विकास, अनुशासन तथा गुणस्तरीय शिक्षा हाम्रा प्राथमिकता हुन्। स्थिर व्यवस्थापन र शिक्षकका कारण रिलायन्सले विद्यार्थीलाई प्रमाणपत्र मात्र दिंदैन, सकारात्मक चरित्र र पेशागत जीवनमा सफलताका लागि आधार तयार गराउँछ। ११ कक्षामा विज्ञान, व्यवस्थापन र मानविकी गरी करीब ५०० विद्यार्थी भर्ना लिन्छौं।

डा. मजोजकुमार झा

प्रिन्सिपल, एभरेष्ट फ्लोरिडा कलेज

सिकाइका लागि राम्रो भौतिक पूर्वाधार भएको एभरेष्ट फ्लोरिडा गुणस्तरीय शिक्षाको पर्यायवाची त्यसै बनेको हैन। अनुभवी शिक्षकबाट विद्यार्थीले शैक्षिक उपलब्धि मात्र हासिल गर्दैनन्, एमबीबीएस, इञ्जिनियरिङ लगायतका विषयको प्रवेश परीक्षाको तयारी समेत गर्न पाउँछन्। सन्तुष्ट विद्यार्थी र अभिभावक हाम्रा सम्पत्ति हुन्। ११ कक्षामा विज्ञान, व्यवस्थापन र मानविकी तीनै संकायमा ६०० भन्दा बढी विद्यार्थी भर्ना लिन्छौं।

वसन्त पी. जोशी

निर्देशक, एशिएन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट

स्वदेश तथा विदेशका विश्वविद्यालयसँग सम्बन्धन लिएर हामी अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन्छौं। अनुभवी शिक्षक र शान्त शैक्षिक वातावरण भएको कलेज नतिजामा पनि उत्कृष्ट छ, जुन यहाँबाट गएका विद्यार्थीमा पनि देखिन्छ। हामी लहलहैमा नलागी कलेजको गुणस्तरीय शिक्षालाई बुझ्ेर मात्र छोराछोरी भर्ना गर्न अभिभावकलाई सल्लाह दिन्छौं। ११ कक्षामा व्यवस्थापन र विज्ञानमा गरी ४०० विद्यार्थी भर्ना लिन्छौं।

डा. बाबुराम पोखरेल

प्रिन्सिपल, भीएस निकेतन कलेज

३२ वर्ष पुरानो इतिहास आफैंमा भीएस निकेतनको पहिचान हो। मध्यमवर्गीय परिवारले छोराछोरी पढाउन सक्ने शुल्क र नतिजा दुवै हाम्रा विशेषता हुन्। यहाँबाट उत्तीर्ण विद्यार्थीले एमबीबीएस, इन्जिनियरिङ लगायतका विषय तथा सामाजिक क्षेत्रमा पाएको सफलता त्यसको उदाहरण हो। अनुभवी शिक्षक र सुविधासम्पन्न पूर्वाधार त छँदैछन्। ११ कक्षामा विज्ञान र व्यवस्थापनमा गरी ५२० विद्यार्थीलाई भर्ना लिन्छौं।

विज्ञान शर्मा

जनसम्पर्क निर्देशक, गुरुकुल नेशनल कलेज

ज्ञानसँगै अनुशासन, संस्कार र व्यक्तित्व विकासबारे सिकाउने प्राचीन शिक्षा प्रणाली नै गुरुकुल हो। आधुनिक समयमा विद्यार्थीलाई ज्ञानसँगै जीवनका अन्य पाटा पनि सँगसँगै सिकाएर लैजाने उद्देश्यले गुरुकुल कलेजको स्थापना भएको हो। गुणस्तरीय शिक्षासँगै निःशुल्क व्यक्तित्व विकास, फ्रेन्च भाषा शिक्षण, योगा लगायतका कक्षा पनि चलाउँछौं। ११ कक्षामा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा गरी ६०० भन्दा बढी विद्यार्थी भर्ना लिन्छौं।

हरि केसी

भाइस प्रिन्सिपल, साउथ वेस्टर्न स्टेट कलेज

साउथ वेस्टर्न कलेजको मुख्य प्राथमिकता विद्यार्थीको सर्वाङ्गीण विकास हो। शिक्षण, अनुसन्धान र सामाजिक क्रियाकलापमार्फत गुणस्तरीय शिक्षा दिइरहेको कलेजले विद्यार्थीलाई शिक्षा मात्र होइन, नैतिक शिक्षामार्फत सकारात्मक सोच विकास गराउने, सीप विकास, समय व्यवस्थापन, व्यवहार सुधार समेत सिकाउँछ। र, पनि मुख्य उद्देश्य गुणस्तरीय शिक्षा दिएर उत्कृष्ट नतिजा ल्याउने नै हो। ११ कक्षामा मानविकी, व्यवस्थापन र विज्ञान तीनै संकायमा ७५० विद्यार्थी पढाउँछौं।

एसपी सिंह

प्रिन्सिपल/अध्यक्ष, पेन्टागन कलेज

इन्जिनियरिङ, मेडिकल, चार्टर्ड एकाउन्टेन्ट जस्ता प्रोफेसनल कोर्षमा सफल विद्यार्थी उत्पादन गर्ने पेन्टागन गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षाका लागि परिचित छ। पूर्वाधार, आधुनिक र प्रयोगात्मक शिक्षा प्रणाली तथा अनुभवी शिक्षक हाम्रा पहिचान हुन्। विद्यार्थीको अनुशासनमा पनि उत्तिकै ध्यान दिइन्छ। विज्ञान, व्यवस्थापन र मानविकी गरी ११ कक्षामा ८०० विद्यार्थीलाई पढाउँदै आएका छौं।

डा. शिवदत्त ज्ञवाली

प्रिन्सिपल, युनिभर्सल कलेज

राम्रा विद्यार्थी मात्र लिएर राम्रो नतिजा दिनु ठूलो कुरा भएन, औसत विद्यार्थी लिएर राम्रो रिजल्ट दिनु महत्वपूर्ण हो। युनिभर्सलले औसत विद्यार्थी लिएरै उत्कृष्ट नतिजा दिइरहेको छ। हामी विद्यार्थीलाई माछा दिंदैनौं माछा मार्न सिकाउँछौं। इन्नोभेटिभ, रचनात्मक र आध्यात्मिक शिक्षामा जोड दिन्छौं। विज्ञान, व्यवस्थापन र मानविकी तीनै संकायमा प्लस टुदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीले विभिन्न क्षेत्रमा पाएको सफलताले हामी उत्साहित छौं।

प्रकाश श्रेष्ठ

प्रशासकीय अधिकृत, जेभियर इन्टरनेशनल कलेज

हामी विद्यार्थीलाई दूरदृष्टि सिकाउँछौं। प्लस टुमा विद्यार्थीलाई करिअर केन्द्रित शिक्षा दिएर अनुशासन र जीवनलाई हेर्ने दृष्टिकोण बदल्न सक्दो प्रयत्न गर्छौं। अध्ययन मैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिएर राम्रो नतिजा ल्याउन हामी सफल छौं। अनुभवी शिक्षक, मूल परीक्षाका अगाडि लिइने अनेकौं परीक्षाका कारण पनि हामी गुणस्तरमा अगाडि छौं। विद्यार्थी–अभिभावकको गुनासो–सुझ्ाव सुन्न छुट्टै संयन्त्र बनाएका छौं।

गोपाल खनाल

कार्यकारी निर्देशक, नेपाल मेगा कलेज

हाम्रो गुणस्तर सञ्चालनको दुई वर्षमै देखिएको नतिजाले देखाउँछ। पछिल्लो वर्ष ११ कक्षामा ९७ प्रतिशत नतिजा दियौं। हामी उत्कृष्ट विद्यार्थी मात्र लिंदैनौं, औसत विद्यार्थी पनि लिएर उत्कृष्ट बनाउँछौं। गुणस्तरीय शिक्षाको मापदण्ड पुर्‍याउन सम्झौता गर्दैनौं। ११ कक्षामा विज्ञान, व्यवस्थापन र मानविकी गरी ६०० भन्दा बढी विद्यार्थी भर्ना लिन्छौं।

स्वागत श्रेष्ठ

अध्यक्ष, काठमाडौं भ्याली कलेज

गुणस्तरीय शिक्षासँगै 'करिअर' र 'लाइफ स्किल' निर्देशित शिक्षा काठमाडौं भ्याली कलेजको प्राथमिकता हो। हामी विद्यार्थीलाई जबर्जस्ती पढाउनेभन्दा पढ्न उत्पे्ररित गर्छौं। प्लस टुमा हरेक विद्यार्थीले कोर्षभन्दा बाहिरका उत्प्रेरित गर्ने ६ वटा पुस्तक पढ्नु र परीक्षा दिनुपर्छ। भविष्यलाई मार्गनिर्देश गर्न 'जब प्लेसमेन्ट' तालीम पनि सञ्चालन गर्छौं। हामी प्रत्येक दिन विद्यार्थीको मूल्यांकन गरेर दैनिक रिपोर्ट अभिभावकलाई दिन्छौं। ११ कक्षामा विज्ञान र व्यवस्थापनमा ५०० बढी विद्यार्थी भर्ना लिन्छौं।

उत्तम भौकाजी

नोबेल एकेडेमी

नोबेल एकेडेमी १५ वर्षदेखि गुणस्तरीय शिक्षासँगै उत्कृष्ट परिणामका लागि परिचित छ। राम्रो पूर्वाधारसहितको आफ्नै भवन, अनुभवी र खारिएका शिक्षक तथा गुणस्तरीय शिक्षा हाम्रो पहिचान हो। हाम्रा विद्यार्थी समाजका विभिन्न क्षेत्रमा समेत उत्कृष्ट ठहरिएका छन्। कक्षा ११ मा विज्ञान र व्यवस्थापन गरी ५०० विद्यार्थी भर्ना लिन्छौं।

comments powered by Disqus

रमझम