९ असार २०७० | 23 June 2013

संघीयतामा जीवन

Share:
  

इशान परियारको चित्र
१५ असार २०६५ बाट नेपाल औपचारिक रूपमै लोकतान्त्रिक गणतन्त्र भयो। त्यसपछिको ५ वर्ष नयाँ संविधान नलेखी बित्यो। यो अवस्थामा नेपालका लागि गणतन्त्र ठीक, बेठीक, सुहाउँदो, अमिल्दो के छ भन्नेबारे आम नेपालीले के सोच्दा हुन्? यसबारे काठमाडौं विश्वविद्यालयको स्कूल अफ आर्टस्, सिर्जनशील कलेज र ललितकला क्याम्पसका २२ विद्यार्थीका पेन्टिङ प्रदर्शनीमा छन्।

न्ह्हुजा तुलाधरको चित्र।

पाटनढोकाको यलमाया केन्द्रमा ६ असारसम्म चल्ने 'संघीय जीवन पद्धति' नामको कला प्रदर्शनीमा संघीयताबारे सर्व साधारणका बुझ्ााइहरु प्रस्तुत छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा भएको यो प्रदर्शनी अघि चित्रकार विद्यार्थीहरुलाई संघीयता बारेको कार्यशालामा सहभागी गराइएको संयोजक सुजन चित्रकारले बताए। ३१ जेठमा उद्घाटन गरिएको प्रदर्शनी १ असारदेखि दर्शकका लागि खुला गरिएको छ।

शब्द/तस्वीरः देवकी विष्ट

comments powered by Disqus

रमझम