९ असार २०७० | 23 June 2013

लक्ष्य क्लाइम्बिङ गाइड

Share:
  
महिलाहरूको कम उपस्थिति रहेको पर्यटन क्षेत्रमा तगडा ट्रेकिङ गाइड बनेकी छिन्– आङछेची शेर्पा।

सगरमाथाको प्रवेशद्वार सोलुखुम्बुको लुक्ला चौंरीखर्ककी आङछेची शेर्पा (२२) ले सानैदेखि बुबा र दाजुहरु मात्र हैन, अरू धेरै गाइडहरू पर्यटक लिएर खुम्बु क्षेत्र ओहोरदोहोर गरेको देखिन्। “त्यसैले म पनि ट्रेकिङ गाइड बनें”, उनी भन्छिन्, “भविष्यमा क्लाइम्बिङ गाइड बन्न चाहन्छु।”

तीन वर्ष भयो, उनले विदेशी पदयात्रीहरुलाई हिमाली बाटोमा डोर्‍याउन थालेको। यस बीचमा उनी पर्यटक लिएर सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, मुक्तिनाथ, अपर मुस्ताङ, चोलापास, मेरा पिक, घोरेपानी लगायतका थुप्रै पर्यटकीय ठाउँ पुगिसकेकी छिन्। ललितपुर, झ्ाम्सीखेलस्थित 'फ्रेण्ड्स इन हाई प्लेसेस' ट्रेकिङ एजेन्सीमा कार्यरत आङछेची पिनाकल कलेजमा स्नातक तहको विद्यार्थी पनि हुन्। अंगे्रजी र जर्मन भाषामा पोख्त उनी नेपालका सुन्दर पर्यटकीय स्थानमा बढ्दो प्रदूषणप्रति चिन्तित छिन्। “नेपालको प्रमुख आयस्रोत पर्यटन हो” उनी भन्छिन्, “तर, प्रदूषण हेर्नुहुन्छ भने अबको केही वर्षमा नेपाल संसारको सुन्दर देशबाट सबभन्दा प्रदूषित देशमा झ्ार्न सक्छ।”

शब्द/तस्वीरः बिक्रम राइर्

comments powered by Disqus

रमझम