१६-३२ साउन २०६९ | 31 July-16 August 2012

रु. ५ लाखसम्मका पेन्टिङ

Share:
  

 

r2
तस्बिर: ऋषिराम कट्टेल

किरण मानन्धर, शशिकला तिवारी, विजय थापालगायतका वरिष्ठदेखि पछिल्ला पुस्ताका मुकेश श्रेष्ठ, हितमान गुरुङ, अर्जुन खालिङ आदिसम्मका २७ कलाकारको सिर्जना सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा प्रदर्शनीमा छ। अमाल्गम– २०१२ नाम दिइएको वरिष्ठ, ललितकलामा स्नातकोत्तर र स्नातकोत्तर गर्दै गरेका कलाकारहरूको यो प्रदर्शनी ८–२२ साउनसम्म चलिरहेको छ। पेन्टिङहरू राजनीतिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक आदि विषयका छन्। सिद्धार्थ आर्ट ग्यालरीले हरेक वर्षायाममा आयोजना गर्दै आएको यो प्रदर्शनीले निकै महत्व बोकेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धर बताउँछन्। आयोजक संस्थाकी प्रमुख संगीता थापा समकालीन नेपाली ललितकलामा कसले कस्तो र कुनस्तरमा काम गरिरहेको छ भनेर छलफल चलाउन यस्तो प्रदर्शनी आवश्यक भएको बताउँछिन्। प्रदर्शनीमा रु.१२ हजारदेखि ५ लाखसम्मका पेन्टिङ छन्। 

comments powered by Disqus

रमझम