१६ असार २०७० | 30 June 2013

पाठ्यपुस्तकमा वातावरण

Share:
  

वन्यजन्तु संरक्षण संघ, नेपाल (डब्ल्युसीएन) को नेपाल प्रकृति पाठशाला (एनपीपी)ले वातावरण संरक्षण शिक्षामा नयाँ थालनी गरेको छ। डब्ल्युसीएनले वातावरण क्षेत्रमा काम गरेको एकदशक पूरा भएको अवसरमा ५ असारमा राजधानीमा संरक्षण सम्बन्धी पाठ्यपुस्तक सार्वजनिक गरेको छ।

एनपीपी, श्यामेवाङफेल उमावि स्रोतकेन्द्र स्याफ्रुबेसी (रसुवा), झुवानी स्रोतकेन्द्र चितवन र सरकारको शिक्षा विभागको संयुक्त पहलमा निर्मित पाठ्यक्रमले कक्षा ४ र ५ लाई समेटेको छ। यो पाठ्यक्रम रसुवा जिल्लाको उत्तरी भेगका चार गाविस (लाङटाङ, टिमुरे, बृद्धिम र स्याफ्रु) का १२ वटा विद्यालय र चितवनको झुवानी स्रोतकेन्द्र अन्तर्गतका ३४ विद्यालयमा शैक्षिक सत्र २०६९ बाट नमूना कार्यक्रमको रुपमा लागू गरिएको छ।

चितवनमा लागू पाठ्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय जलस्रोत, फोहोरमैला व्यवस्थापन, जैविक विविधता, कृषि र मानिस–वन्यजन्तु द्वन्द्व सम्बन्धी पाठ्यसामग्री छन्। रसुवामा केन्द्रित पुस्तकले जिल्लाको भूगोल, वातावरण, पशुपक्षी, वनस्पति, पर्यटन र समाजलाई समेटेको छ।

comments powered by Disqus

रमझम