१६ असार २०७० | 30 June 2013

डाक्टर गायिका

Share:
  

चाबहिल, काठमाडौंकी डाक्टर निवेदिता बराल आजकल गायनमा पनि चिनिन थालेकी छन्। प्राकृतिक तथा योग चिकित्सक निवेदिताले दिऊँ कि नदिऊँ एकल अल्बम निकालेकी छन्। अब चिकित्सासँगै संगीतमा पनि जम्ने उनले बताइन्। उनको पहिलो अल्बमको डुबी जाने घाम जस्तै बोलको गीत हिट भएको छ। संगीत प्रवीण श्रीराम आचार्यकी शिष्या रहेकी उनी मूल पेशाका कारण सोखले समय नपाएको वा कम पाएको बताउँछिन्। थप अध्ययनका लागि अष्ट्रेलियाको लाट्रोव युनिभर्सिटीमा भर्ना भएकी गायिका भन्छिन्, “गीत हिट भएपछि गीत–संगीत क्षेत्रमा जम्ने आत्मविश्वास बढेको छ।”

comments powered by Disqus

रमझम