१६ असार २०७० | 30 June 2013

सिनेम्याटोग्राफर सवनम

Share:
  

ठूलो पर्दाको चलचित्रमा निर्देशनमा मात्रै हैन, क्यामेरा चलाउन अब महिलाको उपस्थिति देखिन थालेको छ। टेलिभिजन च्यानलमा महिला क्यामेराम्यान प्रशस्तै भए पनि ठूलो पर्दाको चलचित्रमा महिलाको उपस्थिति थिएन। तर सिनेम्याटोग्राफर बन्ने अठोट पालेर ओस्कार कलेज अफ फिल्म स्टडीबाट सिनेम्याटोग्राफीमा स्नातक गरेकी सवनमको यो यात्रा शुरू भएको छ।

अहिले उनी झोली नामक ठूलो पर्दाको चलचित्रबाट व्यावसायिक रूपमा चलचित्रमा आएकी छन्। सवनम भन्छिन्, “म सिनेम्याटोग्राफरकै पहिचानबाट चिनिन चाहन्छु।” चलचित्रमा क्यामेरा चलाउने काम मानसिक, शारीरिक रूपमा गाह्रो भए पनि आफ्नो रूचिका कारण यही काममा रमाएको उनले बताइन्। उनले यसअघि डरका आँसुहरू र धुवाँभित्र हराएको संसार नामक डकुमेन्ट्री लेखन, छायांकन, निर्देशन गरिसकेकी छन् भने अन्त्यहीन यात्रा नामक डकुमेन्ट्री लेखन, छायांकन गरेकी छन्।

comments powered by Disqus

रमझम