१६ असार २०७० | 30 June 2013

भेडेटार भ्यूका परिकार

Share:
  

नजिकका त नजिकका भइहाले टाढाटाढाका घुमन्तेहरूको पनि रोजाइमा परेको छ, धरान र धनकुटाको बीचमा पर्ने रमणीय डाँडो भेडेटार। मधेश–पहाड मिलनविन्दु बनेको शीतल डाँडामा घुमन्तेहरूको भीड बढ्न थालेपछि त्यही अनुसार होटल–रेष्टुरेण्ट खुल्ने नै भए। तीमध्येका होटल भेडेटार भ्यूले लोकल कुखुराको ग्रेवी र सूपसँग फापरको ढिंडोको ब्राण्ड बनाएको छ।

त्यसबाहेक कालो बङ्गुरको सेकुवा, कोदोको तोङ्वा, गुद्रुक, सिस्नु, दही आदिको स्वादसँगै होटलको छतबाट मकालु, कुम्भकर्ण र कञ्चनजंघा लगायतका हिमश्रृंखला अवलोकन गर्न पाइन्छ, भेडेटार भ्यूबाट। निःशुल्क वाईफाईको सुविधा भएको भेडेटार भ्यूमा इण्डियन र कन्टिनेन्टल खानाका पारखीहरूले पनि आफ्नो रोजाइको स्वाद लिन पाउँछन्।

सीता मादेम्बा, धरान

ग्रिल्ड ल्याम्व: रु.५९९

कमनिकेसन फ्राइ राइस: रु.१९९

चिकेन टिक्का पिजा: रु१९९

मेक्सिकन चिकेन विथ हव राइस: रु.३९९

फापरको ढिंडो: रु.३९९

सी मम: रु.१३५

सेकुवा: रु.१५०

तोङ्वा रु.१५०

सम्पर्कः०२५४००००१

comments powered by Disqus

रमझम