२३ असार २०७० | 7 July 2013

कामकाजीलाई फर्मल ड्रेस

Share:
  

ठाउँ अनुसारको लवाइले मानिसलाई को―कहाँबाट आएको भनेर अनुमान गर्न सघाउँछ। नेपालको सन्दर्भमा त कुन जातीय समुदायको भन्ने पनि छुट्याउन सकिन्छ। ठाउँ अनुसारको पहिरनले आफूलाई सजिलो महसूस गराउनुको साथै आत्मविश्वास पनि बढाउँछ। यहाँ चाहिं फर्मल पहिरन, त्यसमा पनि महिला ड्रेसको कुरा गरौं।

महिलाहरूको फर्मल पहिरनमा धेरै विकल्प छन्। त्रिपुरेश्वरस्थित श्रेष्ठ टेलरिङका विनोद श्रेष्ठका अनुसार महिलाका फर्मल वेयरका लागि ऊलन वा कटनका दुई वा तीन बटनका डिजाइन हुन्छ– फूल र हाफ लेन्थका। तर, फर्मल भन्ने बित्तिकै टेलरिङ सम्झिने समय भने सकिएको छ। आजकल महिलाहरू आधुनिक ड्रेस/स्कर्ट रुचाउँछन्। बुटिकहरू पनि हिन्दी/अंग्रेजी फिल्मको प्रभाव अनुसारको डिजाइन गर्छन्।

“आजकल सर्टन, नेट, इम्ब्रोडरड, लाइक्रा, सिफर जडिट फर्मल स्कर्टको माग बढी छ”, कुमारीपाटीस्थित 'यस म्याम' बुटिककी एनी तण्डुकार (२७) भन्छिन्, “हामी रु.३ हजारदेखि रु.१० हजारसम्मका सिम्पल फर्मल वेयर बेच्छौं।”

मंगलबजारकी बिनी ताम्राकार (३०) ले लगाएको रु.४००० को सेतो फर्मल बलिउड नायिका सोनम कपुरले लगाएको डिजाइनमा (हे. तस्वीर) छ। यसले आफूलाई स्टाइलिससँगै स्मार्ट र सोबर बनाएको बिनीको अनुभव छ। सिल्क र नेट जडित यस्ता पहिरन अहिले कामकाजी महिला तथा युवतीहरूमा चलेको पहिरन हो।

शब्द/तस्वीरः देवयानी सिवाकोटी

मोडलः बिनी ताम्राकार

पहिरनः रु. ४०००

comments powered by Disqus

रमझम