२३ असार २०७० | 7 July 2013

सुदूरका'मिस्टर अल नो'

Share:
  

दैजी–३ कञ्चनपुरका भुवनप्रकाश विरही (३१) ले लोक मनोरञ्जनको क्षेत्रमा के गर्न बाँकी छ? “फिल्ममा खेल्न र रेकर्डिङ स्टुडियो बनाउन बाँकी छ”, सुदूरपश्चिम नेपालका यी व्यस्त कलाकार भन्छन्।

साङ्गीतिक कार्यक्रम त साङ्गीतिक नै भइगयो, सुदूरपश्चिमका ठूला चाडपर्व र जमघटदेखि बिहे, ब्रतबन्ध र भोजभतेरमा उनी निम्त्याइन्छन्। देउडाबाट शुरू भएको भुवनप्रकाशको गायनयात्रा पप, आधुनिक हँुदै शास्त्रीय संगीतसम्म पुगेको छ। नेपाली र थारू गरी एक दर्जन चलचित्रका गीत गाएका भुवन भन्छन्, “देउडा, लोक, पप, आधुनिक र भजन गरी असंख्य गीतमा संगीत पनि भरेको छु।”

बाँसुरी, पियानो, गिटार, हार्मोनियम, तबला र मादलदेखि पञ्चैबाजाका सबै साजमा पोख्त भुवन म्यूजिक एरेन्ज, रेकर्डिङ, अडिटिङदेखि भिज्युलाइजसम्म आफैं गर्छन्। पछिल्लो समय उनको परिचयमा 'मोडल' पनि थपिएको छ। “फिल्ममा पनि अफर आएकै हो, तर मन लागेन वा भ्याइनँ”, एक दर्जन म्यूजिक भिडियोमा मोडलिङ गरेका भुवन भन्छन्।

उनको यो व्यस्तता अरू कैयौं कलाकर्मीको जस्तो व्यर्थमा गइरहेको छैन। कलाको कमाइले भर्खरै घर बनाइसकेर रेकर्डिङ स्टुडियोको योजनातिर लागेको उनले बताए।

बच्चु बिक, धनगढी

comments powered by Disqus

रमझम