२३ असार २०७० | 7 July 2013

कहाँ के?

Share:
  

रंगहरुमा प्रेमः चिराग वाङ्देलका चित्रहरुको प्रदर्शनी २० असारसम्म चल्नेछ।

स्थानः मम्यान्निज इटेरी एण्ड तपाज बार, जावलाखेल।

किसानको बजारः हरेक शनिबार ताजा र अर्गानिक उत्पादनको बजार।

समयः बिहान ९ बजेदेखि राति १२ बजेसम्म

स्थानः १९०५ रेष्टुरेण्ट एण्ड बार, कान्तिपथ

उनी, सिः नारीत्वमाथि उमा बिष्टका तस्वीर।

मितिः १८ असारसम्म

समयः बिहान १० देखि साँझ पाँच बजेसम्म

स्थानः आर्क ग्यालरी, कुलिम्हा टोल, पाटन

सम्पर्कः (०१) ५००६६६५

विस्तृत जानकारीका लागिः www.image-ark.com

बिगेस्ट यस प्लस कोर्षः युवाका लागि आफ्नो आत्मविश्वास, सोचमा स्पष्टता, एकाग्रता, समय व्यवस्थापन साथै अन्य धेरै कुराहरु विकास गर्ने सीप सम्बन्धी कार्यशाला आयोजना हुँदैछ।

मितिः १७ देखि २२ असार

समयः बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजेसम्म

स्थानः युनाइटेड वर्ल्ड ट्रेड सेण्टर

इट्स अ स्ल्यामः सात जना स्ल्याम कविहरुका स्ल्याम कविता युद्ध।

मितिः २२ असार

समयः दिउँसो १ देखि ४ बजेसम्म

स्थानः एल्लो हाउस, सानेपा

पेण्टबल ब्याटलः पेण्टबल ब्याटलका साथ रंगहरुमा रम्ने अवसर।

शुल्कः रु.५००

मितिः २९ असार

स्थानः द टार्गेट एरिना, सानेपा

किनमेल महोत्सवः सिभिल मल बाहिर रु.१ हजारसम्मका सामान किन्दा सामसुङ मोबाइल, घरायसी सामान साथै पल्सर बाइक जित्ने अवसर।

मितिः २२ असारसम्म

फुटसाल टर्नीः फुटसाल एरिनामा हुने एक दिवसीय फुटसाल टुर्नामेण्टमा सहभागी हुने अवसर।

शुल्कः रु.३०००

मितिः १७ असार

स्थानः सानेपा

सम्पर्कः ९८४९०८५७०, ९८४३१९५२७३

किताब दान गर्नुहोस्ः

के तपाईंकोमा अनावश्यक रुपमा ठाउँ खाएर किताबहरु छरिएका छन्? तपाईंले खासै नपढ्ने कोर्षका किताब, म्यागाजिन साथै अन्य सृजनात्मक सामग्रीहरु छन्? तपाईंले फ्याँक्न ठिक्क पार्नुभएका यस्ता आख्यान, गैर आख्यान, म्यागाजिन, नयाँ पुराना जे जस्तो भए पनि तपाईंलाई बेकामे होलान् तर मध्यपश्चिमाञ्चलको कर्णाली अञ्चलको कालीकोटका विद्यार्थीका लागि निकै उपयोगी हुनसक्छन्।

नेपालका दुर्गम क्षेत्रका २३२८ विद्यार्थीका लागि १५ सयभन्दा बढी किताब र पुस्तकालय स्रोत उपलब्ध गराउने रोट्रयाक्ट क्लब अफ ललितपुर, आका नेपाल, तिबाह, एस इन्ष्टिच्युट अफ म्यानेजमेण्ट, काठमाडौं एकेडेमी लगायतको अभियानमा सहभागी बन्नुहोस्। किताब मात्रै होइन, अन्य पुस्तकालय सामग्रीहरुको लागि पनि आह्वान गर्दछौं। अध्ययन सामग्रीका अभावमा रहेका क्षेत्रका नानीहरुका अनुहारमा मुस्कान ल्याउनुका साथै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा भूमिका खेल्नुहोस्। संकलन काठमाडौंभित्र भइरहेको छ।

तपाईंले प्रदान गर्न सक्नुहुने किताबहरुः नयाँ वा पुराना म्यागाजिनहरु, कथा, उपन्यास, कोर्षका किताब (प्राथमिक तहदेखि प्लस २ सम्मका)

किताब उपलब्ध गराउनका लागिः ९८४१३७९२४६, ९८४१३४२७६८, ९८४९०३८८८९

comments powered by Disqus

रमझम