२३ असार २०७० | 7 July 2013

भियना बेकरी

Share:
  

बौद्ध थाङ्काहरुले सिंगारिएको ललितपुरको सेण्ट मेरिज स्कूल पछाडि रहेको भियना बेकरीमा आफूलाई मनपर्ने किताब पनि लिएर जाँदा हुन्छ। आफूलाई मन लागेसम्म बसेर मन परेका परिकार खाँदै अध्ययन गर्न पाइन्छ, यहाँ।

स्याण्डविच, तातो–चिसो पेय र अरु खाजा भियनाका सामान्य परिकार हुन्। बेलुकाको खाना खाने पाहुना स्याण्डविच चाहन्छन् भने कुखुराको मासु पोलिन्छ, यहाँ। पोलेको मासुवाला भियनाको स्याण्डविच शहरका अरु ठाउँको भन्दा मात्रा र स्वाद दुवै हिसाबले फरक हुन्छ। दुई वर्षदेखि सञ्चालित यो रेष्टुरेण्टमा खैरो, सेतो र अरु रंगका ब्रेडहरु रोजेर लिन सकिन्छ। किवी, क्याण्टालोपी र अनार छरिएका फ्रुट केक पनि भियनाको विशेषता हो। यो केक डिजर्टका लागि पनि उपयुक्त छ।

ह्याम रु.८०

सलामी रु.८०

पोलेको चिकेन रु.८०

जर्मन प्रेजल रु.४५

जर्मन बर्लिनर रु.५५

ताजा फ्रुट केक रु.१८०

पोलेको चिकेन स्याण्डविच

सेतो ब्रेडमा रु.१९०

खैरो ब्रेडमा रु.२००

comments powered by Disqus

रमझम