१६-३२ साउन २०६९ | 31 July-16 August 2012

'नेपाली छोरी”

Share:
  
r9

पाँच वर्षदेखि सपरिवार हङकङमा रहेकी ललितपुरमा जन्मे–हुर्केकी सोनम महर्जन (२२) ले 'नेपाली छोरी' अल्बममार्फत नेपाली संगीत क्षेत्रमा 'डेब्यू' गरेकी छन्। 

हङकङमा 'पोखरेली झयाल' जस्ता साङ्गीतिक कार्यक्रममा प्रस्तुत भइसकेकी उनी तबलावादक बुबा कृष्णभक्त महर्जनको प्रेरणाबाट गायन क्षेत्रमा आएकी हुन्। आधुनिक, पप र लोकलयका ८ गीत संगृहीत अल्बमको ६ गीतको रचना र सङ्गीत पनि कृष्णभक्तकै छ। बाँकी दुई गीतमा मनराज नकर्मी र निरञ्जन महर्जनको सङ्गीत छ भने मदनकृष्ण श्रेष्ठ र दीपक लिम्बूले दुई गीतमा सोनमलाई साथ दिएका छन्। हङकङमा होटल म्यानेजमेण्ट पढिरहेकी सोनम गायनलाई निरन्तरता दिने सुरमा छिन्।

comments powered by Disqus

रमझम