२३ असार २०७० | 7 July 2013

आधुनिक सिक्किम जैविक सिक्किम

Share:
  

सिक्किमको सबै क्षेत्रमा तीव्र गतिमा विकास अघि बढ्दा त्यहाँका मानिसको आम्दानी उल्लेखनीय वृद्धि भएको छ। जसको प्रत्यक्ष प्रभाव मानिसहरूको लवाइ, खुवाइ र बसाइमा देखिन्छ।

२ लाखभन्दा बढी मानिस स्थायी रूपमा बसोबास गर्ने सिक्किमको राजधानी गान्तोकमा प्रायः सबै मानिस आधुनिक र सुकिला कपडा लगाएका देखिन्छन्। हरेक चारवटा पसलपछि भेटिने आधुनिक रेष्टुरेण्टहरूमा भीडभाड हुनुले पनि देखाउँछ, त्यहाँ हुर्किंदै गरेको आधुनिक संस्कृति र मानिसको बढ्दो जीवनस्तर।

पर्यटन उद्योगको विस्तारले गान्तोकसहित शहरका प्रायः घरहरू होटलका लागि भाडामा लागेका छन्। त्यसले पनि त्यहाँका मानिसको आम्दानी बढाएको छ। गर्मी मौसममा भारतकै तराई राज्य र विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले स्थानीयलाई पर्यटन सम्बन्धी कुनै न कुनै व्यवसाय गर्ने अवसर दिलाएको छ। त्यसले पनि सिक्किमका मानिसको आम्दानी बढाएकै छ।

आधुनिक शिक्षा, संचारमाध्यममा बढ्दो पहुँच, भारतकै अन्य राज्यका कमाउ मानिसहरूसँगको संगत र बढ्दो आम्दानीले सिक्किमलाई तीव्र गतिमा आधुनिकतातर्फ लगेको छ। पश्चिम बंगाल र सिक्किमको सीमा रङ्फू पुग्नासाथ यी सबै परिवर्तन सजिलै देख्न सकिन्छ।

comments powered by Disqus

रमझम