२३ असार २०७० | 7 July 2013

सिक्किम प्राकृतिक रुपमै विकासतर्फ

Share:
  

सिक्किम यहाँका नागरिकको इच्छा अनुसार सन् १९७५ मा भारतमा गाँसिएको ६ लाखभन्दा केही मात्रै बढी जनसंख्या भएको शान्त हिमाली सीमा राज्य हो।

९ सेप्टेम्बर सन् १९९२ मा राजनीतिक गतिविधिलाई विशेष जोड दिंदै विधानसभाभित्र सम्पन्न क्याण्डल लाइट श्रृंखलापछि १२ सेप्टेम्बर सन् १९९४ मा पवन चामलिङ सिक्किमका मुख्यमन्त्री निर्वाचित भए।

पहिलो सेवकका रूपमा जनताको सरकारको कार्यभार सम्हालेपछि पवन चामलिङले सीमा राज्यको स्थापित अवधारणामा परिवर्तन ल्याए। आज सिक्किमले भोगिरहेको न्यून आपराधिक दर, अतिवादी गतिविधि र हिंसाको कमी साथै 'ल एण्ड अर्डर' को स्थापनाको अवस्था शायद अन्य कुनै पनि सीमा राज्यहरूले भोग्न सकिरहेका छैनन्।

चौथो निर्विकल्प जीत र आफ्नो दलका शतप्रतिशत एमएलए र एमपीसहितको १९ औं वर्षमा शासन सम्हालिरहेका पवन चामलिङ भारतमा वर्तमान समयमा सबैभन्दा लामो समय शासन गरिरहेका नेतामा पर्दछन्।

उनी जहिले पनि सिक्किमी जनताका समस्या समाधानमा प्रतिबद्ध रहेका व्यक्ति हुन्, सिक्किमलाई जैविक खेती राज्य, कच्ची घर मुक्त राज्य, गरीबी मुक्त राज्य, शिक्षित राज्य र विकसित राज्यका रूपमा निर्माण गर्न खोज्दैछन्।

चामलिङको उद्देश्य भनेको सिक्किममा जैविक पर्यटन, पुष्प व्यवसाय, जैविक खेतीपाती, जलविद्युत् उत्पादन, औषधि उद्योग लगायतका प्रकृति मैत्री हरित उद्योगहरू संचालन गर्नु हो।

मानव संसाधन विकासः

**स्नातक तहसम्म निःशुल्क शिक्षा।

**पाठ्यपुस्तक, कापी, विद्यालय पोशाक, विद्यालय ब्याग, वर्षादी, जुत्ता, मोजा र ल्यापटप लगायतका सामग्रीहरूको निःशुल्क वितरण।

**बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याइएको।

**शिक्षित युवालाई सम्बन्धित सेवा, आइएएस, सैन्य र बैंकिङ सेवाका लागि आवश्यक तालीम लिन देशको सम्मानित संस्थामा राज्य सरकारले प्रायोजन गर्छ।

**मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजना अन्तर्गत कक्षा पाँचमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई उत्कृष्ट सार्वजनिक विद्यालयमा अध्ययन गर्नका लागि प्रायोजनको व्यवस्था।

**विश्वका उत्कृष्ट २० वटा विश्वविद्यालयमा प्रविष्ठी पाउने विद्यार्थीलाई मुख्यमन्त्रीको शतप्रतिशत छात्रवृत्ति प्रायोजन।

**प्रेरणा योजना तथा सानो परिवार योजना।

**कक्षा १० र १२ मा विद्यालयमा उत्कृष्ट हुनेलाई भारु १ लाख नगद प्रोत्साहन।

**सन् २००३ मा सिक्किम क्षमता वृद्धिको निर्देशनालय र संस्थागत विकास थाल्ने पहिलो राज्य भएको थियो।

**वातावरणीय परिचय अध्ययन, जैविक खेतीपाती अध्ययन, जीवन उपयोगी सीप आधारित शिक्षा, डिजिटल ढाँचाको शिक्षा।

**सन् १९९४ को ५६ प्रतिशतको साक्षरता दर बढेर ८२.२ प्रतिशत पुगेको।

**मुख्यमन्त्रीको स्वरोजगार योजनाले शिक्षित बेरोजगार सिक्किमीहरूलाई निर्व्याजी ऋण उपलब्ध गराउने।

ड्ड सीप विकास तालीम र अन्य जीवनयापन योजनाहरू प्रिचालन गरिएको

स्वस्थ सिक्किमः

**गरीबीको रेखामुनि रहेका नागरिकलाई सिक्किम बाहिर निःशुल्क स्वास्थ्य सेवा, औषधि, उपचार उपलब्ध गराउने पहिलो राज्य।

**साधारण जनतालाई बाहिर उपचार गराउन सन् २००९ देखि लागू भएको मुख्यमन्त्री जीवनरक्षा कोष योजना अन्तर्गत भारु २ लाखसम्मको अनुदान।

**सरकारी कर्मचारीका लागि शतप्रतिशत पुनर्भरणको व्यवस्था।

**०–५ वर्ष आयुवर्गका नानीहरुलाई हेपाटाइटिस बीको सुई निःशुल्क उपलब्ध गराउने भारतकै पहिलो राज्य।
**१५ अगस्ट सन् २००९ देखि प्रारम्भ भएको राज्यको खोप कार्यक्रममा बालबालिकाका लागि निःशुल्क खोपको व्यवस्था।

**क्याच कार्यक्रमद्वारा संचालित अनिवार्य वार्षिक स्वास्थ्य परीक्षण।

**सम्मानित मान्यता प्राप्त सामाजिक स्वास्थ्य कार्यकर्ता (आशा) को व्यवस्था।

**अस्पतालमै प्रसूति गराएमा एक पटकका लागि भारु ५००० भत्ता।

**बच्चा भर्खरै जन्मिएदेखि प्रारम्भिक ६ वर्षसम्मको पोषणका लागि मासिक भारु ३००।

**१३ देखि ४५ वर्षबीचको उमेरका महिलाहरूका लागि आइरन चक्कीको उपलब्धता।

**४५ वर्षभन्दा माथिका महिला पुरुष दुवैका लागि क्याल्सियम चक्कीको उपलब्धता।

**बितेका १८ वर्षमा औसत आयु दुई वर्षसम्म बढेको छ।

**सन् २००९ देखि २०११ को बीचमा संचालित ११ औं योजनामा शिशु मृत्युदर घटाउनेमा भारतका राज्यहरूमा सिक्किम चौथो स्थानमा पर्न आउँछ, जसमा प्रतिहजार जीवित जन्ममा २६ मृत्युको दर रहेको छ।

ग्रामीण समृद्धिः

**वार्षिक बजेटको ७० प्रतिशत ग्रामीण विकासमा लगानी

**सन् २०११ मा गरीबीको दर १३ प्रतिशतभन्दा बढी घटेको।

**सिक्किममा चरम गरीबी नभएको। अबको पाँच वर्षमा सिक्किम देशमै पहिलो गरीबीमुक्त राज्य हुनेछ।

**सन् २००८ मा मुख्यमन्त्री आवास योजना लागू भएको। यस योजना अन्तर्गत भारु ५ लाखभन्दा बढी मूल्यका निःशुल्क आधुनिक घरको उपलब्धता।

**सन् २०१५ सम्ममा कच्ची घरमुक्त राज्य बनाउने उद्देश्य।

**सन् २००८ मै देशको पहिलो निर्मल राज्य।

**निःशुल्क विद्युत् लाइन उपलब्ध गराइएको।

**गरीबीको रेखामुनि रहेका परिवारलाई प्रति महीना ५० युनिटसम्म निःशुल्क विद्युत् प्रदान।

**९९ प्रतिशत विद्युतीकरण गरिएको।

**९९ प्रतिशतलाई पिउने पानी वितरण गरिएको।

**संविधानको कानूनको ७३ र ७४ धारामा उल्लेख भए अनुरूप नै ग्रामीण र शहरी प्रतिनिधिको निर्वाचन हुने गरेको छ।

**सत्ता विकेन्द्रीकरण र क्षमता हस्तान्तरण।

**प्रत्येक पंचायत भवनमा पुस्तकालय।

**कुल उत्पादन एकाइमा पुर्‍याउनका लागि रोजगारीको अवसर सृजना गर्न सहकारीहरूलाई भारु ३ करोडसम्मको योजना पारित।

खाद्य सुरक्षाः

**गरीबीको रेखामुनि रहेका प्रति परिवारलाई प्रति महीना ३५ किलोग्राम चामल निःशुल्क।

**गरीबीको रेखामुनि रहेका प्रति परिवारलाई प्रति महीना भारु १ प्रतिकिलोका दरले ५० किलोग्राम चामल।

**गरीबीको रेखामा खासै नपरेका प्रति परिवारलाई प्रति महीना भारु २ प्रतिकिलोका दरले ५० किलोग्राम चामल।

**वृद्धवृद्धाहरूका लागि प्रति महीना १० किलोग्राम चामल निःशुल्क।

हरियाली सिक्किमः

**सबै विकास वातावरण मैत्री।

**वनस्पतिको कटान, वन्यजन्तु मार्ने कार्य, संरक्षित वनमा चौपाया चरन र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध।

**सन् १९९८ बाटै वृक्षरोपण गरिएका र पानीका स्रोत वरपरका क्षेत्रमा चरिचरन र रूख कटानमा रोक।

**पक्षीको विनाशमा भूमिका खेल्ने डिक्लोपेनाक रसायनको प्रयोगमाथि बाध्यकारी प्रतिबन्ध।

**सन् १९९९ बाट स्मृति वनको प्रारम्भ।

**सन् १९९९ बाट हरियाली राज्य अभियान प्रारम्भ।

**सन् २००१ मा तेन्डोङमा राज्यको जैविक विविधता पार्क निर्माण।

**हिमनदीहरूको अध्ययन र कार्ययोजनाका लागि सन् २००७ मा राज्यको हिमनदी आयोग गठन।

**१५ जुलाई २००९ देखि पृथ्वीका लागि १० मिनेट (टेन मिनटस् टु अर्थ) कार्यक्रम प्रारम्भ।

**सन् १९९५ मा ४४.०६ प्रतिशत रहेको वन क्षेत्र ३.५३ प्रतिशतले विस्तार भएर सन् २००९ मा ४७.५९ प्रतिशतमा पुगेको।

**राज्यका सम्पूर्ण राजमार्ग र अन्य सडकहरूलाई वायो हाइवेका रूपमा घोषणा गरिएको।

**केन्द्रको विकास फाइनान्सका लागि सिक्किम दीर्घकालीन महत्वको राज्यको रूपमा दरिएको।

**सन् १९९९ मा सेन्टर फर साइन्स एण्ड इन्भायरोनमेन्ट, नयाँदिल्लीद्वारा देशकै उत्कृष्ट हरियाली मुख्यमन्त्री सम्मान प्रदान।

जैविक सिक्किमः

**सिक्किमका सम्पूर्ण उत्पादनहरू पूर्णतया जैविक हुनेछन् र दुई वर्षभित्रमा सिक्किम भारतकै पूर्णतया जैविक राज्य हुनेछ।

**टेमी चिया, तरकारी र फूलको लाभदायी निकासी।

**फूलको व्यापारिक मात्रामा उत्पादन गर्नेतर्फ सिक्किम।

**विश्वव्यापी सहभागिताका साथ दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी सफलतापूर्वक सम्पन्न।

पर्यटनः

**पर्यावरणमैत्री पर्यटनको परियोजना लागू।

*होम स्टे, ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन, साहसिक पर्यटन, एकान्तवास पर्यटनको प्रवर्द्धन।

**चारधाम, बुद्ध पार्क जस्ता प्रमुख धार्मिक गन्तव्यहरूलाई विकास गर्न धार्मिक पर्यटनलाई बढावा र बुद्ध धर्म मार्गलाई जोड।

**समडुप्चेमा १५० फीट अग्लो गुरु पद्मसम्भवको विशाल प्रतिमा, दक्षिणी सिक्किमको राभाङमा रहेको बुद्ध पार्कमा भगवान बुद्धको १३७.५० फीट अग्लो प्रतिमा, पश्चिम सिक्किमको पेल्लिङमा चेन्रेजिजको १५० फीट अग्लो प्रतिमा निर्माण।

**पश्चिम सिक्किमको पेल्लिङमा चरा संरक्षण र उत्तरी सिक्किममा पुतली पार्कको विकास।

सिक्किममा लगानीको अवस्थाः

**५१० मेगावाटको टिष्टा चौथो जलविद्युत् परियोजना निर्माण सम्पन्न।

**६० मेगावाटको रङ्गीत जलविद्युत् परियोजना निर्माण सम्पन्न।

**९९ मेगावाटको छुजाचेन जलविद्युत् परियोजना सन् २०१३ मे भित्र निर्माण सम्पन्न हुने।

**सन् १९९५ यता औषधि इकाइ, ब्रेवरिज, होटल जस्ता ५४ भन्दा बढी उद्योगहरू स्थापना भइसकेको।

सामाजिक न्यायः

**महिलाका लागि पञ्चायतमा ५० र सरकारी जागिर तथा उच्च शिक्षामा ३० प्रतिशत आरक्षण।

**४५ वर्ष काटेका महिलाका लागि भारु ६०० अविवाहित महिला पेन्सन।

**लोक नर्तक, गायक तथा लोक अभ्यासकर्ताहरूलाई सम्मानस्वरूप भारु ६०० प्रदान गर्ने व्यवस्था।

**६ वर्षसम्मका तेस्रो लिंगी बच्चाहरूका लागि भारु २००० शिशु भत्ता र त्यसपछि स्नातकसम्म निःशुल्क शिक्षाको प्रायोजन।

**प्रति महिला भारु ६०० सामाजिक सेवा भत्ता सन् २००८ देखि कार्यान्वयनमा।

**ग्याजेट नभएका कर्मचारीहरूका लागि योजना।

***सन् २०१० देखि मुख्यमन्त्री ग्रामीण विश्वव्यापी वित्तीय समावेशी कार्यक्रम प्रारम्भ।

***११ औं पञ्चवर्षीय योजनामा रेकर्ड गरिएको सिक्किमको २२.८ प्रतिशतको वृद्धिदर उल्लेखनीय छ।

सम्पर्क निर्माणः

**१९९४: १७०० किमि

**२०११–२०१२: ३६०० किमि

**१८ वर्षभित्रमा १९०० किमि सडक निर्माण गरिएको।

**केन्द्रीय सरकारबाट भारत निर्माण सम्मान प्राप्त।

**सन् २०१४ मार्चसम्ममा एएआईले नयाँ ग्रीनफिल्ट विमानस्थल निर्माण सम्पन्न गरी संचालन हुने।

**सीमामा पर्ने रेङ्पो शहरसम्मको रेल लिंकको मान्यता प्राप्त गरी निर्माण प्रारम्भ भइसकेको।

सिक्किमः अद्वितीय विशेषता

**देशको अति नै शान्त सीमा राज्य।

**देशकै अति सफा सुग्घर राज्य।

**देशमै न्यून आपराधिक दरसहितको उच्चतम कानून र व्यवस्थापन भएको राज्य।

**देशमै उत्कृष्ट हरियाली राज्य।

**देशको उत्तरपूर्वका राज्यहरूमध्ये अधिकतम प्रगतिशील राज्य।

comments powered by Disqus

रमझम