२-८ माघ २०७३ | 15-21 January 2016

सिड्नीमा 'स्वदेश'

Share:
  
- रामेश्वर बोहरा

तमु ल्होछार मनाउन २५ पुसमा अष्ट्रेलियाको सिड्नीमा देखिएको जमघट हेर्दा स्वदेशमै भएको अनुभूति हुन्थ्यो। जातीय पहिरनमा सजिएका गुरुङ समुदायको सांस्कृतिक झाँकीले पूरै मराना अडिटोरियममा नेपालीपन झल्किएको थियो। अष्ट्रेलिया र त्यसमा पनि सिड्नीमा रहेका नेपालीहरु प्रत्येकजसो पर्व एकैठाउँमा भेला भएर, शुभकामना आदानप्रदान गरेर मनाउँछन्। त्यसो त पर्वमा मात्रै होइन, परदेशमा नेपाल चिनाउने उद्देश्यका लागि पनि विभिन्न कार्यक्रम भइरहेकै हुन्छन्।

तस्वीरः रामेश्वर बोहरा
२५ पुसमा सिड्नीमा आयोजित तमु ल्होछार कार्यक्रम।

नेपाल फेस्टिभल मनाउँदै।

तस्वीर सौजन्यः सतिश श्रेष्ठ
रक्डेलस्थित मासु पसल।

काठमाण्डु ब्राण्डमा ट्राभल र एडभेन्चरसम्बन्धी सामग्री तथा उपकरण बिक्री गर्ने सिड्नीस्थित स्टोर। अष्ट्रेलिया, न्युजिल्याण्ड र बेलायतमा यसका १५० आउटलेट सञ्चालनमा छन्।

काठमाडौंको असन झै सबैखाले ग्रोसरी सामान पाइने असन बजार र त्यसका प्रबन्धक समिन श्रेष्ठ।

नेपाल हाउस सुपरमार्केट। सञ्चालिका सिन्धु सेरेङ।

रक्डेलमा रहेको बुद्ध ट्राभल्स।

अष्ट्रेलियामा नेपालीको संख्या करीब ७० हजार पुगेको छ र त्यसमध्येको आधा जति त सिड्नीमै रहेको सरकारी आँकडा छ। बढ्दो आगमनसँगै नेपाली लक्षित व्यापारिक गतिविधि समेत तीव्र भएका छन्। नेपाली पसल, रेस्टुराँहरु खुल्ने क्रम पनि बढेको छ। मज्जाले चलेका पनि छन्। प्रत्येक पसल र रेस्टुरेन्टमा पुग्दा नेपाली परिवेशको स्वाद र आत्मीयता पाइन्छ।

comments powered by Disqus

रमझम