१–१५ वैशाख २०६९ | 13-27 April 2012

बुद्धमोर्चा– २

Share:
  
- केदार शर्मा

नेपाल सरकारले एकसय रुपैयाँको नोटमा ‘गौतमबुद्ध नेपालमा जन्मेका हुन्’ भनेर लेख्ने निर्णय गरेको छ । भगवान बुद्धको जीवन, दर्शन, आदर्श, त्याग आदिका कुरा उठाएर यहाँ म यो महान् निर्णयको विरोध गर्ने छैन । गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्ने सरकारको पवित्र उद्देश्यलाई बल पुगोस् भनेर म केही थप कदमहरू सिफारिश गर्न लागेको छु । जस्तो, रु.५ को नोटमा ‘उपरान्त योभन्दा सानो नोट छापिदैन, खोज्ने कष्ट नगर्नुहोला’ भनेर लेख्ने । यसैगरी, रु.१० को नोटमा ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ र रु.२० को नोटमा ‘पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झ्ुकेथ्यौं’ लेख्ने ।

त्यस्तै, रु.५० र रु.५०० को नोटमा क्रमशः ‘पैसा पढौं बुद्धि बढाऊँ’ र ‘पर्यटक हाम्रा पाहुना हुन्, उनीहरूबाट योभन्दा साना नोट नलियौं’ भनेर लेख्ने । रु.१००० को नोटमा ‘सगरमाथा नेपालमा पर्छ’ भनेर लेखौं । नोटमा यसरी सन्देश छाप्ने अत्यन्त ‘क्रिएटिभ’ आइडिया हो भत्रेमा कुनै विवाद छैन, काइदा लुरे भयो कि भत्रे मात्र हो । किनभने नेपाली नोट चलाउने हामी मात्र हौं । यस्तो कुरा बताएर आरिसले भुतुक्क पार्नुपर्ने भारतीयहरूलाई हो, तर त्यहाँका कालो बजारिया बाहेक अरूले नेपाली नोट देख्दैनन् र कालो बजारियाले नोट पढेर बुद्धि बढाउने दुःख गरिरहँदैनन् । ‘गौतमबुद्ध नेपालमा जन्मेका हुन्’ भत्रे कुराको जानकारी पाउनुपर्ने तेस्रो देशका नागरिकहरूको पनि नेपाली नोटमा पहुँच छैन । त्यसैले माओवादी सरकारलाई मेरा पाँच सुझव छन्ः

१. लुम्बिनी भ्रमण वर्ष २०१२ र गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्ने नै उद्देश्य हो भने त्यसका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको ध्यान तात्रु पर्छ । बाबुराम भट्टराई र पुष्पकमल दाहालले भगवान बुद्धलाई साक्षी राखेर आफ्नो नेतृत्वमा भएको हत्या–हिंसाप्रति सार्वजनिक पश्चात्ताप गर्ने र हिंसामुक्त राजनीतिको बाटो अङ्गीकार गरेको घोषणा गर्ने हो भने त्यो घोषणासभा कभर गर्न मात्र पनि विश्वभरका सञ्चारमाध्यम नेपालमा ओइरिन्छन् । त्यसबाट लुम्बिनी भ्रमण वर्ष २०१२ र गौतमबुद्धको जन्मस्थल दुवै कुरा संसारभर निःशुल्क प्रचारप्रसार हुन्छ । आँट गर्ने हो कमरेडहरू ?

२. मुलुकको चमत्कारपूर्ण आर्थिक विकास गरेर नेपाली ब्याङ्क नोटलाई विश्वभर चल्ने परिवत्र्य मुद्राको हैसियत दिलाउन प्रयास गर्ने । त्यसको पूर्वाधारका रूपमा मुलुकमा आफूले चलाएको हड्तालीकरण र बन्दीकरण अन्त्य गर्ने ।

३. नयाँ संविधानमा मुलुकको नाममा नै बुद्ध घुसाउने । ब्रुनाइले आफ्नो औपचारिक नाममा ‘शान्तिको घर’ राख्नुहुन्छ भने हामीले विद्यमान नाममा ब्रुनाइको भन्दा एक शब्द बढी थपेर ‘संघीय गणतन्त्र बुद्धजन्मभूमि नेपाल’ भनेर ‘नयाँ नेपाल’ किन नबनाउने ? यस कुराको कसैले विरोध गर्दैन भत्रे कुरा बुद्धका नाममा जे गर्दा पनि कोही केही नबोलेबाट स्पष्ट भइसकेकै छ । ४. नेपाली पासपोर्टमा नै स्पष्ट शब्दमा बुद्ध नेपालमै जन्मेको खुलाउने जसले गर्दा संसारभरका अध्यागमन कर्मचारी, प्रहरी, तिनका मित्रमण्डली र तिनका सन्तान दरसन्तानको मन मस्तिष्कमा यो महाज्ञानले स्थायी बास पाउन सकोस् ।

५. नेपाली नोट भारतमा नचल्ने र नेपालीलाई त्यहाँ पासपोर्ट पनि नचाहिने भएकाले यी उपायहरू भारतका लागि प्रभावकारी नहुने निश्चित छ । त्यसैले प्रत्येक भारतीयलाई प्रवेश बिन्दुमा नै १० पटक ‘गौतमबुद्ध का जन्म नेपाल मे हुवा है’ लेख्न लगाएर मात्र नेपाल पस्न बस्न दिने । नेपालका क्यासिनोमा प्रवेश गर्ने भारतीयहरूलाई यो नियम थप १०० पटक लगाउन सकिन्छ ।

कुनै दिन कुनै बौलाहा सरकारले शान्ति सेनामा जाने सैनिक र प्रहरीहरूलाई पनि ‘बुद्ध सेना’ भनेर नामकरण गर्न सक्छ । त्यसका लागि म अहिलेदेखि नै मानसिक तयारी गर्दैछु ।

comments powered by Disqus

रमझम