आधुनिकता, मितव्ययिता र आफ्नो उत्पादन

Share:
  
- केदार शर्मा
आधुनिक मानिसहरू आफ्नो क्षमता र ठाउँ अनुसारका कृषि, उद्योेग, सेवा वा अन्य क्षेत्रमा केही उत्पादन गरेर बेच्छन् र आफूलाई चाहिने कुरा किन्छन् । अहिलेको नेपाली उत्पादन–उपभोगको अनुपात र शैली भने अस्वाभाविक र असन्तुलित छ ।

मानिसहरू डिपार्टमेन्टल स्टोरका र्‍याकबाट यसरी सामान निकालेर ट्रलीमा राख्छन्, मानौं काफल टिपेर खल्तीमा हालिरहेका छन्; पसलमा यसरी सामान माग्छन्, मानौं एकदमै सस्ता र उपयोगी छन् । तर, यथार्थ त्यस्तो हुँदैन । हाम्रो आवश्यकताको सूचीमा कतै नपर्ने त्यस्ता अधिकांश सामान नौलोपन, रङ, डिजाइन, स्वाद, बास्ना र त्यससित जोडिएको ‘आधुनिकता’ को छविका कारण हाम्रा घरमा सटासट छिरेर शासन गर्न थाल्छन्, आवश्यकता र हैसियतका प्रतीक (स्टाटस सिम्बोल) बन्छन् । अनि आयात बढ्दै, व्यापार चम्किँदै र मुलुक खोक्रिँदै जान्छ ।

त्यस्ता सामान महँगो विदेशी मुद्रामा आयात गरिएका हुन्छन् । यता हामीसित निर्यात गर्ने उत्पादन धेरै नभएकाले उत्पादनका प्रमुख स्रोत श्रम र सीप नै निकासी गरिरहेका छौं । नेपालीहरूले पसिना, रगत र आँशु बगाएर कमाएको विदेशी मुद्रा सुखसयलका सामानमा खर्च भइरहेको छ । नेपालीको पैसाले नेपालभित्रै उद्यमशीलताको विकास हुनुपर्छ भत्रेतिर कोही ‘राष्ट्रवादी’ को चिन्तन छैन । बजारको बाढी, विज्ञापनको चमकदमक र पुगिसरी आएकाहरूको देखासिखीका कारण गरीबको जीवनशैलीमा पनि उपभोक्ता संस्कृतिको प्रभाव पर्न थालेको छ । हामी प्रत्येक कुरा किन्दा परनिर्भर र परमुखापेक्षी भइरहेका छौं । हरेक किनमेलबाट अर्कैको स्वार्थसिद्ध गरिरहेका छौं ।

कित्रु नै आधुनिकता ?

आधुनिकता भनेको सभ्य समाजको चरित्र र उध्र्वगामिताको विषय हो । न अहिलेका सबै कुरा आधुनिक हुन््, न पहिलेका सबै पुरातन । परम्परागत सोचाइ, बन्धन र सामन्ती जीवनशैलीबाट मुक्ति; रचनात्मकता र नयाँपनको खोजी; स्वतन्त्रता, सहिष्णुता, तार्किकता, बहुलवाद र कानूनी राज्यव्यवस्था तथा शिक्षा, सञ्चार, चेतना, शहरीकरण, औद्योगीकरण, वैश्वीकरण आधुनिकताका मूल चरित्र हुन् । यी मापदण्डका आधारमा हामी धेरै कुरामा आधुनिक हुन बाँकी नै छ ।

संस्कृतिको आवरणमा कैयन् मध्ययुगीन कुप्रथालाई जोगाउने प्रवृित्त बढिरहेको छ । सामाजिक काममा भन्दा धेरै स्रोत धार्मिक अनुष्ठानमा खर्च भइरहेको छ । अन्धविश्वासबाट मानिसले पाउने यन्त्रणामा कमी आएको छैन । मानवअधिकार र अहिंसा जस्ता आधुनिकताका विश्वव्यापी मान्यताको खिल्ली उडाउने काम खुलेआम जारी छ । नीतिमा होस् वा न्यायमा, व्यक्तिगत आचारमा होस् वा राजनीतिक चरित्रमा कहीं एकरूपता छैन । तर्कले काम गर्न छाडेको छ ।

आधुनिकताका अरू मापदण्डमा पछि परेपछि आधुनिक भएको प्रमाणपत्र लिने निकाय बजारलाई बनाइएको छ, जति किन्यो त्यति आधुनिक हुने गरी । आवश्यकताका कारण होइन, आदतका कारण किनमेल गर्ने चलन बस्दैछ । यसरी अनावश्यक उपभोग र सङ्ग्रह बढ्दै जाँदा मानिसमा थोरै पैसाले धेरै कुरा हैन, धेरै पैसाले थोरै कुरा कित्रे शोखको विकास हुन्छ । अनि, पुगिसरी आएकाहरूको क्षमता पनि आफ्ना रहरहरूको अनन्त खाडल पुर्नमा नै सीमित हुनपुग्छ ।

  • बजारले देखाएको आधुनिकताको बाटो सजिलो छ । बजारले भन्छः
  • बनाउ, बेच, किन; किन, उपभोग गर, गमक्क पर
  • तृष्णा किन, तृप्ति किन; समस्या किन, समाधान किन
  • रोग किन, स्वास्थ्य किन; तनाव किन र रिल्याक्स किन
  • कित्र सकिने जति सबै किन, बेच्न सकिने जति सबै बेच
  • फेरि किन, बेच र किन; फेरि बेच, किन र बेच ।

तर, जति आकर्षक देखिए पनि बजार आधुनिकताको सबभन्दा कच्ची बाटो हो । सोचौं त, पसलका र्‍याकमा पर्दा लगाइयो र मान्छेले सजाइएका देखेर होइन चाहिएका सामान मात्र कित्रुपर्ने भयो भने यो व्यापार कत्रो हुँदो हो ? त्यसका परिणाम कस्ता हुँदा हुन् ? तर यो एउटा कल्पना मात्र हो । विवेकपूर्ण आयात र किनमेलतिर नागरिकहरूलाई प्रवृत्त गराउने दायित्व कसैको पनि होइन र त्यस्तो हुने सम्भावना पनि छैन ।

दिक्कलाग्दो सरकारी बेवास्ता

हामीकहाँ आफ्नो देशमा कहाँ–कहाँ बनेको के–के सामान बिक्री भइरहेको छ र जनस्वास्थ्य तथा अर्थतन्त्रमा त्यसको के कस्तो असर पर्न सक्छ भनेर चासो राख्ने अनि जिम्मेवारी लिने निकाय छैन । जसको नेतृत्वमा सरकार बने पनि यो कुरा उसको प्राथमिकतामा पर्दैन । नीति विनाको सरकारलाई राजस्व भए पुग्छ । घर पोले खरानीको के दुःख ? अर्बौं रुपैयाँको अनावश्यक आयातबाट उठेको करोडौं राजस्व देखाएर सरकार दङ्ग पर्छ ।

भन्सार तिरेरै आएको भनेर खुशी हुने हो भने अघिल्लो आर्थिक वर्षमा हामीले रु.७१ करोडभन्दा बढीको चकलेट, डेढ करोडभन्दा बढीको पान मसला, १५ करोडभन्दा बढीको बेबी फूड, ६३ करोडको हेल्थ ड्रिङ्क, १२ करोडको आलु चिप्स, ३५ करोडको अल्कोहलरहित पेय, ९४ करोडको मदिरा, १ अर्ब ७८ करोडको सूर्तीजन्य उत्पादन र २४ करोडभन्दा बढीको चुइङगम चपाएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । भन्सार छलेर वा ‘मिलाएर’ ल्याइएका सामानको समेत अनुमान गर्दा यो सूची अरू हाँसउठ्दो र चित्तदुख्दो हुन्छ । व्यापारी समुदायको चासो नागरिकहरूको स्वास्थ्य, सम्पत्रता र मुलुकको औद्योगिक विकाससित भन्दा बढी नाफासित जोडिएको हुन्छ । उपभोक्ता समूहहरू समाचारमा नआउने कामकुरामा चाख लिँदैनन् । सञ्चारमाध्यमहरू विज्ञापन आउन सक्ने उत्पादनको विपक्षमा घोटिँदैनन् । दाताहरू पनि बजारको यही ढाँचामा विश्वास गर्ने हुनाले उपभोक्ता चेतनाबारे गैरसरकारी संस्थाहरूबाट पनि धेरै आशा गर्ने ठाउँ छैन । त्यसकारण, सानो अर्थतन्त्र र अर्धशिक्षित समाजलाई बजारको बुल्डोजरबाट जोगाउने दायित्व सचेत नागरिकहरूकै हो । सचेत नागरिकमा राजनीतिक जागरूकता र सामाजिक दायित्व हुन्छ । ऊ किनमेल पैसा हुनेहरूको पुगिसरीको कुरा मात्र होइन, त्यसका अरू महŒवपूर्ण सामाजिक आयामहरू पनि हुन्छन् भत्रे मान्छ ।

मानिसमा लालसा हुन्छ । अरूले हात्ती चढेको देखेपछि आफूलाई धुरीमा भए पनि चढाउन मन लाग्छ । तर आफ्नो गच्छेभन्दा बढी किनमेल गर्न कि बुताले भ्याउने भन्दा धेरै काम गर्नुपर्छ कि त गैरकानूनी बाटो अपनाउनुपर्छ । योग्यता र स्रोतसम्पत्रता नभएकाहरू चन्दा, हप्ता असुली, तस्करी, अपहरण आदिलाई कमाइको स्रोत बनाउन पुग्छन् । मान्छे आफ्ना लागि भन्दा अरूलाई देखाउनका लागि कमाउन, कित्र र बाँच्न थाल्छ ।

बजारले कित्र सक्ने धनी, नसक्ने गरीब, मितव्यतिता भत्रे शब्द नै गरीब, पाखे र लोभीहरूको हो भत्रे मान्यता स्थापित गरिदिएको छ । आधुनिकताका नाममा बजारका कुप्रभाव यत्रतत्र देख्न थालिएको छ । किनबेच हुनु नहुने कुराको बजार फैलिँदै गइरहेको छ । जीवनशैलीजन्य रोगहरूबाट थलिएका मानिस घर–घरमा भेटिन्छन् । जङ्कफूडबाट कुपोषित बालबालिकाको संख्या बढ्दो छ । बाँझ्ँिदै गरेका खेतबारी, रित्तिँदै गएका घर र एक्लिँदै गरेका मानिस सर्वत्र छन् । वातावरण बिग्रिएको छ र गाउँघरमा समेत प्लास्टिकजन्य फोहोर बढेको छ । र, यी सब कुरामा सरकारी बेवास्ता बडो दिक्कलाग्दो छ ।

आफ्नो उत्पादनमा गर्व

अहिलेको संसारमा सबैका लागि समुत्रतिका बाटाहरू खुला छन्, तर कुनै पनि राष्ट्र वा समाज निरपेक्ष रूपमा ‘आत्मनिर्भर’ हुन सक्दैन । यस्तोमा उत्पादन बढाउने बाहेक हामीसित अरू विकल्प छैनन् । राम्रो मूल्य प्राप्त हुने वस्तुहरूको उत्पादन बढाउने हामीकहाँ ठूलो सम्भावना छ । कृषिजन्य उद्योेगहरूको सम्भावना पनि राम्रो छ । यी कुराले हामीलाई आत्मनिर्भर त बनाउँछन् नै, व्यापार घाटामा पनि कमी ल्याउँछन् । तर यी कुरामा लगानी गर्ने पूँजी चाहिन्छ र त्यसको सबभन्दा भरपर्दो स्रोत भनेको हाम्रो आफ्नै बचत हो ।

हामी ‘दुई पैसा जोगाउनु भनेको दुई पैसा कमाउनु हो’ भत्रे पुरानो उखानलाई फेरेर ‘दुई पैसा लगानी, चार पैसा आम्दानी’ गर्नुपर्ने अवस्थामा छौं । ऊर्जा सङ्कट, राजनीतिक अस्थिरता, औद्योगिक अपसंस्कृति आदिको मारमा रहेको मुलुक ठूलो लगानी गर्न सक्ने अवस्थामा छैन । त्यसैले अहिले साना र मझैला उद्यमले मात्र नेपाली उत्पादनको अनुभूति दिलाउन सक्छन् । सबैले उद्यम नै गर्नुपर्छ भत्रे छैन, नेपाली उत्पादनहरूलाई माया गर्नु पनि उद्यम हुनेछ । त्यो ऊर्जा, वातावरण र खर्च जोगाउने उद्यम पनि हो । हामी नेपालीले उत्पादनशील र मितव्ययी हुनै पर्छ, आफ्ना उत्पादनहरूलाई सचेत रूपमा समर्थन गर्नै पर्छ ।

देशमा भने नागरिकलाई उद्यमशीलको साटो उपभोक्ता बनाएर पुस्ता–पुस्ता सखाप पार्ने षड्यन्त्र भइरहेको छ । उद्योेगहरू चल्न नदिएपछि अर्को हूल नेपाली बाहिर जान्छ र कमाएर पठाउँछ । यो कुचक्र चलाएर जर्ती खाइरहने षड्यन्त्र लामो समयदेखि चलिरहेको छ । यो परिवेशमा आफ्नो देशका उत्पादनको ‘फेशन’ चलाउने काम शिक्षित र सम्पत्रहरूकै हो, किनभने लोकले उनीहरूकै जीवनशैली अनुसरण गरिरहेको हुन्छ । शिक्षित र सम्पत्रले किनमेल गर्दा अरूको स्वास्थ्य र पारिवारिक जीवनमा के फाइदा पुग्छ ? दिगो विकास र वातावरणमा कस्तो योगदान हुन्छ ? मुलुकको व्यापारघाटा बढ्छ कि घट्छ ? आदि कुरामा विचार पुर्‍याउनु भनेको आफ्नो काँधमा रहेको सचेत नागरिकको फूली सबूत राख्नु हो । धनी जो पनि हुनसक्छ, तर सुसंस्कृत हुन सजिलो छैन ।


चिया, अलैंची, अदुवा र कफी

अंग्रेजहरूले भारतको दार्जीलिङमा लगाएका चियाका बोट बूढो हुँदै गएकाले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार बढेको छ । नेपाल टी को लोगोसहित ब्राण्डिङ शुरू भएपछि नेपाली चियामा अन्तर्राष्ट्रिय आकर्षण बढेको सम्बन्धित व्यवसायीहरू बताउँछन् । चिया नेपालबाट तेस्रो मुलुक निर्यात हुने उत्कृष्ट १२ वस्तुमा पर्छ । आव २०६७/६८ मा अघिल्लो आवको तुलनामा ५९ प्रतिशत बढी रु.१४ करोड ४९ लाखको चिया निर्यात भएको थियो । चालु आवको पुससम्ममै रु.१४ करोड ९४ लाखको चिया निर्यात भइसकेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चियाले आर्जेको विश्वास कफीमा पनि कायम गराउन अग्रसर छ । तर, भर्खर उदाएको कफीको निर्यातमा त्यति बढोत्तरी भएको छैन । पूर्वी पहाडी जिल्लाबाट शुरू भएको र विस्तारै मध्यपहाडतिर सर्दै गएको अलैंची भने सबभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने नेपाली कृषि उत्पादन भएको छ । अलैंची निर्यातमा नेपालको स्थान विश्वमै पहिलो छ । आव २०६७/६८ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ प्रतिशतले बढी रु.१ अर्ब ९१ करोड ४५ लाखको अलैंची निर्यात भएको थियो । चालु आवको पुससम्म यो रु.१ अर्ब १८ करोड ४५ लाख पुगिसकेको छ ।

अलैंची नेपालबाट भारत निर्यात हुने मूल्यवान वस्तुमध्ये पर्छ । औषधी र कस्मेटिक्समा प्रयोग हुने नेपाली अलैंचीको अन्तिम गन्तव्य भने खाडी क्षेत्र र पश्चिमा मुलुकहरू हुन् । तर, नेपाल आफैंले सीधै वास्तविक बजारमा पुर्‍याउन र ब्राण्डिङ गर्न भने सकेको छैन । “आफैं ब्राण्डिङ गर्ने हो भने यसबाट हुने आर्जन गुणात्मक हुन्छ”, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्व अर्थसचिव रामेश्वर खनाल भन्छन्, “अहिले भारत हुँदै जाने भएकाले वास्तविक खरीदकर्ताले नेपाली अलैंची भनेर नचिनेका पनि हुनसक्छन् ।”

विदेशी मुद्रा आर्जन गर्ने अर्को प्रमुख नगदेवाली अदुवाको निर्यात पनि बढेकै छ । सल्यान, प्यूठान लगायतका जिल्लामा विना रेसाको उच्च गुणस्तरको अदुवा लगाउन थालिएको छ । अलैंची जस्तै आफ्नै ब्राण्डिङ नभएको नेपाली अदुवा पनि भारत हँुदै खाडी र अन्य मुलुकहरूमा पुग्ने गरेको छ । गत वर्ष अदुवा निर्यात १५ प्रतिशतले घटेकोमा यो वर्ष ६० प्रतिशतले बढेको छ । यो आवको साउन–पुस अवधिमा रु.२३ करोड ५७ लाखको अदुवा निर्यात भएको छ ।

प्रभात भट्टराई

comments powered by Disqus

रमझम