१–१५ वैशाख २०६९ | 13-27 April 2012

टंकप्रसाद आचार्यको देन

Share:
  
राणाशासनपछिको लम्बे संक्रमणकालमा नेपाललाई एउटा खँदिलो राष्ट्रको रूपमा उठाउने काम गरेका राजनीतिज्ञ टंकप्रसाद आचार्यको चर्चा विरलै हुने गरेको छ ।

देशमा कुन राजनीतिज्ञ कहिले कति समय प्रधानमन्त्री वा राष्ट्रप्रमुख भए भन्दा पनि कसले कुन क्षेत्रमा के कस्तो काम गरे भन्ने कुरा महŒवपूर्ण हो । अन्तर्राष्ट्रिय कूटनीति, न्याय र मुलुकको बृहत्तर हितको सन्दर्भ उठ्दा नेपालका १८औं प्रधानमन्त्री टंकप्रसाद आचार्यको नाम अग्रपंक्तिमा आउँछ, जसले राजा महेन्द्र र नेपाली कांग्रेसको टक्करका बीच देशको सर्वोपरि हित सम्झ्ेर काम गरे ।

टंकप्रसाद आचार्य (वि.सं. १९६९–२०४५) नेपाल प्रजापरिषद्का संस्थापकमध्येका एक थिए । २० जेठ १९९३ सालमा स्थापित प्रजापरिषद्माथि १९९७ मा ठूलो दमन र धरपकड भयो । शुक्रराज, गंगालाल, धर्मभक्त र दशरथ शहीद भए । बाहुन भएकाले बाँचेका टंकप्रसाद राणाशाहीको अन्त्यपछि २०१० सालमा गठित मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री र १२ माघ २०१२ देखि ३१ असार २०१४ सम्म १७ महिना प्रधानमन्त्री बनेका थिए । नेपालको इतिहासमा खास गरेर परराष्ट्र सम्बन्धको हिसाबले उनको प्रधानमन्त्रीत्व काललाई सुनौलो समय मानिन्छ ।

आचार्यकै कार्यकालमा निजामती कर्मचारी आयोग गठन भयो, जसले नेपालमा पहिलो पटक वृत्ति–विकासमा आधारित कर्मचारीतन्त्रको सुरुआत ग¥यो । पञ्चवर्षीय योजनाको सुरुआत र त्रिभुवन विश्वविद्यालय स्थापनाको तयारी पनि २०१३ सालमै भयो । विभिन्न विचार र स्वार्थको चेपुवामा परेका बेला प्रधानमन्त्री टंकप्रसाद आचार्यले दृढताका साथ ती सुरुआती काम गरेका थिए । टंकप्रसादको प्रधानमन्त्रीत्वकालमै हो, नेपालले भारत र चीनसँग समदुरीको सम्बन्धमा जोड दिएको । उतिबेला कायम गर्न खोजिएको सन्तुलनमा आधारित सम्बन्ध आज झ्नै सान्दर्भिक भएको छ । राणा शासकहरूले भारतस्थित इष्ट इन्डिया कम्पनीसँग राम्रो सम्बन्ध बनाएका थिए । सन् १९४७ मा भारतको स्वतन्त्रता र २००७ सालमा नेपालमा राणाशाहीको पतनपछि नेपाल–भारत सम्बन्धमा नयाँ आयामहरू आए । सन् १९५० मा नेपालले भारतसित विशेष सम्बन्ध देखाउने नेपाल–भारत शान्ति तथा मैत्री सन्धि गरेको थियो । यो अवस्थामा चीनसँग पनि उत्तिकै सहज हुन प्रधानमन्त्री टंकप्रसाद आचार्यले दुई छिमेकीसँग समदुरीको सम्बन्धमा जोड दिएका थिए ।

राजा महेन्द्र चीनसँग छुट्टै सन्धि–सम्झैता गर्दा तिब्बतले नेपाललाई दिँदै आएको वार्षिक १० हजार कालामोहर रोकिनेमा बढी संवेदनशील भए पनि टंकप्रसादले राजाको कोपभाजनको जोखिम मोलेरै पञ्चशीलको सिद्धान्तको आधारमा छुट्टै सन्धिका लागि कूटनीतिक वातावरण तयार पारे । २० सेप्टेम्बर १९५६ मा नेपाल–चीन मैत्री सम्बन्धमा हस्ताक्षर भयो । त्यही वर्ष पेकिङमा चीन भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्रीका रूपमा टंकप्रसाद आचार्यको स्वागत भयो । चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले नेपाल भ्रमण गरे ।

कूटनीतिज्ञ स्व. यदुनाथ खनालले राजा त्रिभुवनको शासनकालमा जोसुकै प्रधानमन्त्री भए पनि नेपालको वैदेशिक सम्बन्ध तीन कारणबाट भारतसितको सम्बन्धमा सीमित भएको विश्लेषण गरेका थिए । पहिलो, दिल्लीमा भइरहने नेपाली र भारतीय नेताहरूको भेटघाट; दोस्रो, नेपालले त्यसताका भारतबाट मात्र लिएको आर्थिक–प्राविधिक सहयोग; र तेस्रो, नेपाली सेनाको पुनर्गठन तथा तालिममा भारतीय सेनाको भूमिका । त्यसमाथि, नेपाल–भारत परम्परागत सांस्कृतिक र भौगोलिक सम्बन्धहरूको प्रभाव आफ्नो ठाउँमा छँदै थियो ।

प्रधानमन्त्री टंकप्रसाद आचार्यको कार्यकालमा सोभियत संघ, जापान, स्विटजरल्याण्ड, इजिप्ट, चीन, बेलायत र फ्रान्ससँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो । संयुक्त राष्ट्रसंघको सदस्यता लिएर महासभामा नेपालको प्रतिनिधिमण्डल पठाउने काम पनि टंकप्रसादकै पालामा भएको हो ।

राजा महेन्द्रले प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई ‘समयमा चुनाव गराउन नसकेको’ भन्दै राजीनामा गर्न लगाए । महेन्द्रसँग काम गरेको हुनाले उनलाई राजावादी भन्नेहरू अझ्ै छन् । तर, उनले आफ्नो समयका सबै काम जोखिम मोलेरै गरेको बुझ्न्छि । अन्य मुलुकहरूसित बराबरीको आधारमा सम्बन्ध कायम गरेका उनले नेपालको आधुनिकीकरण र औद्योगिकीकरणमा जोड दिए । आज ६ दशकपछि पनि हामी नेपालीहरू अन्तर्राष्ट्रिय सम्बन्धमा बराबरीकै तृष्णा लिएर अगाडि बढिरहेका छौं । निर्णायक तहमा बसेर झ्गडामा अल्झेको हाम्रो राजनीतिक नेतृत्वले टंकप्रसाद आचार्यको सोचलाई अलिकति सम्झ्दििए मुलुकका एक पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जली त हुन्थ्यो नै, सँगसँगै देशले पनि सकारात्मक निकास पाउनेथियो ।

तुलसा दुलाल

comments powered by Disqus

रमझम