बर्माको सम्झना–१२

Share:
  

दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ । बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं । – सम्पादक

जापानले बर्मामा आक्रमण ग¥यो भन्ने समाचार देशमा फैलँदै गर्दा धेरैजसो जनताको नै विश्वास थियो कि जापान कस्तै समर्थ भए तापनि बर्मालाई जित्न कठिन पर्नेछ । चीन जस्ता असंगठित अनि हात हतियार नभएका कहिले कुनै देशसित लड्ने सामथ्र्य नभएर नलडी बसेका देशलाई त जित्न नसकी अझ्सम्म लडिरहेकाले के अंग्रेज जस्ता संसार प्रसिद्ध पराक्रमी राजासित लडी जित्न सक्ला ? जसको राज सारा संसारमा फैलेको छ, ज्ञान विज्ञानले युक्त अनेक प्रकारका रणनिपुण फौजले पूर्ण, जल थल आकाश जहाँ भने पनि सर्वश्रेष्ठ गनिएका बाहिनीहरूका सामने जापान कसरी टिक्न सक्ला ? बर्मामा आक्रमण गर्ने धृष्टता गरिहाले पनि जापानलाई चाँडै थाहा हुनेछ कि अंग्रेज कति समर्थ र श्रेष्ठ छ, अंगे्रज जातिको कुनै लडाइँमा हार भएको कसैले कहिल्यै नसुनेको अनि अंग्रेजी सीमानाभित्र कसैले एक पाइलो हाल्यो भन्ने नसुनेकोले जापानीहरू बर्मामा झ्ट्टै आई पुग्लान् भन्ने विश्वासै थिएन ।

बर्मामा वर्ष दिन अघिदेखि ठाउँ ठाउँबाट फौज आउन थालेको थियो । कहिले गोरा फौज, कहिले देशी फौज, मोटरको धुइरो हवाइजहाजको बन्दोबस्त, प्रजामा लडाईं हुँदाखेरी जान्न पर्ने कुराको प्रचार । हवाई–हमला भएमा खाडल खनी लुक्न, आगो लागे आगो निभाउन अनि घाइते भएकालाई डाक्टरकहाँ पु¥याउन अस्पताल लगी राखेका मानिसका खुराकिका लागि रुपैयाँ पैसाको बन्दोबस्त भइसकेको थियो । जापानीहरूले खुबै बल गरेर लडेछन् भने भाग्यले जितिहालेछन् भने पनि कमसेकम वर्ष दिन लाग्ला भनी अड्कल गर्दथे ।

बर्मामा जापानसित लड्नलाई बन्दोबस्त पनि राम्रै हुँदै गएको थियो । ब्रिटिस प्रचारकहरूले त झ्न् जोर दिएर भन्न लागेका थिए कि अंग्रेज राज्यभरिमा छानेर खुबै बलियो पारेको किल्ला सिंगापुरको किल्ला हो । यस किल्लालाई तयार पार्न पचासौं वर्ष लाग्यो, करोडौंको सम्पत्ति खर्च गरेर फलाम ढुंगा सिमेन्टको सहायताले हवाइजहाज पैदल फौज जंगी जहाजहरू राखी मजबूत पारेका छौं । यो किल्ला अंग्रेजका हातमा मात्र हुँदा यस्तो थियो, अब त झ्न् संसारका शक्तिशाली अर्को राष्ट्र अमेरिकाले पनि यस किल्लालाई आफ्नो सम्झ्ी योग दिएका छन् । अमेरिका पनि यस किल्लामा आएर मिसिएकाले सिंगापुरको किल्ला पहिला ढुंगा र माटाका गारा जस्तोलाई आज स्टिलको किल्लामा परिणत हुन गएको छ । संसारका जोसुकै राष्ट्र आएर यस किल्लामा आफ्नू कृपाले ठोकाएर मर्न मन गर्नेले आएर ठोकी मरुन् भनी हाँक गर्दथे । यस्तो प्रचार राज्यको तर्फबाट हुँदा प्रजालाई धेरै ढाढस मिल्दथ्यो र प्रजामा फेरि अशान्तिको चिह्न देखा पर्दैनथ्यो । प्रचारको प्रभावले मानिस अलि दिन प्रभावित हुन जान्छ अनि प्रचारको प्रभावले केही कार्य गर्छ । सत्यलाई पूर्णतः ढाक्ने सामथ्र्य उसमा छैन ।

जापानी आक्रमण भएपछि बर्मामा आउने विदेशको बाटो थुनिएला, समय बित्दै गएपछि विदेशी चीजबीजहरू आउन बन्द होला, कति मालहरू पाइने छैनन् र माल यता महँगो हुन जाला भनेर धेरै मानिस आफूलाई चाहिने चाहिने जिनिसको जोहो गर्न थाले । आफ्ना आफ्ना वर्कतअनुसार शक्तिभर खर्च गरेर लुगाफाटोको इन्तजाम गर्न थाले । लडाईंको हूल भएमा घरका जहानबच्चाको हिफाजत कसरी गर्ने के गरे जाति होला भनी मानिस विचार गर्न थाले । साना ठूला सबै मिली मिली पछिका लागि खान पिउन ओढ्न ओछ्याउन औषधि इत्यादिको खरीद गरी शहरदेखि टाढा टाढा गाउँघरमा लगी राख्न थाले । कतिले शहरदेखि टाढा आफ्ना जहान बच्चाका लागि साना साना फूसका छाप्रा बनाउन थाले । अनि कति जसका घर पहिलेदेखि भारतमा थियो आफ्ना केटाकेटी भारत पु¥याउने मनसुवा गर्न थाले ।

कतिचाहिँ पैसा कमाउने छ, खुबै नाफा मिल्ला भनी सस्तो महँगो जस्तै पाए पनि माल किनी किनी थुपार्न थाले । जापान आए पनि राजै हो, अंग्रेज पनि राजै हो । कौन हामीले राज गर्नु छ र, हामी त गरेर कमाएर खाने प्रजा नै त हौं नि भनी हिँड्नेहरू पनि कति थिए । यस्तै वातावरणमा जापानी आक्रमण भइहालेको थियो । अनि जापानी रेडियो र प्रचारकहरूले पनि जोर दी प्रचार कार्यमा बल लाए । जापानीहरूको भनाइ यही सुनिन्थ्यो कि जापानीहरू बर्मामा शासन गर्न, बर्माको अपमान गर्न आएको होइन, न केही स्वार्थ साधन गर्न ! फगत उनको इच्छा एक मात्र यही छ कि अंग्रेजहरू बर्मामा नरहन पाउन् ।

जसरी भए पनि कुइरेहरूलाई धपाऊ । यिनीहरूले बर्मा मात्र होइन समस्त एशियाको शोषण गर्दछन् । हाम्रा हक भएका ठाउँमा आएर उनीहरू हकवाला हुन्छन् अनि मौका हेरेर हामीलाई आपसमा फोर्छन् । घर फोरेर आफू बाठो भई हामीमाथि हुकुम चलाउँछन् । हाम्रो धर्म हाम्रो संस्कृति हाम्रा आचार व्यवहारमाथि कटाक्ष गर्छन् । हाम्रा देशका कच्चा मालले मालामाल भएर देश विदेशमा वाणिज्य व्यवसाय गरेर धन कमाउँछन् । अनि हामीलाई नै हेला गरि दिन्छन् । यस्ता स्वभाव भएका बैगुनी मानिससित हामीले सम्बन्ध राख्न हुन्न । यिनका रुप, यिनका रंग, यिनका खानपान, रहनसहन, बोलचाल, धर्म र व्यवहार कसैसित पनि हामी मिल्न सक्दैनौं, कति नै गरे पनि यिनीहरू आफ्ना हुन सक्तैनन् । संसारमा यिनका प्रभाव भएकाले अनि धनी हुनाले यिनका स्वभावै अहंकारपूर्ण भइसकेको छ । संसारका अरू जातका मानिसलाई मूर्ख अनि असभ्यदेखि सिवाय केही गन्दै गन्दैनन् । युरोपीय मात्र मानिस हुन्, एशियामा त मानिसका रूपमा यी मूर्खहरू मात्र छन् भनी सम्झ्न्छन् ।

बर्मी जनता जापानका यी मीठा मीठा शब्द–जालमा परेर हो, जरुरै केही न केही सत्यता यी कुराहरूमा छ । केही नभए पनि जापानी हाम्रा धर्मका भाइ त हुन् । हाम्रो धर्म र उसको धर्म खानपान, रहनसहन त मिल्छ । टाढाकाले राज गरेको भन्दा हाम्रो छेउका राष्ट्रैले राज गरेको जाति भन्ने पनि हुन गए । पछि पछि जापानीहरू भन्न लागे– यिनीहरूलाई धपाउन हामी आउँदा हाम्रा सिपाहीहरूको मद्दत गर्नू ।

क्रमशः

comments powered by Disqus

रमझम