१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

ग्याँसको विकल्प वनस्पति कोइला !

Share:
  

एलपी ग्याँसको आपूर्ति असहज बन्दा धरानका ब्रिकेट (वनस्पति कोइला) उत्पादकहरूको दिन फिरेको छ । दिन यस कारण फि¥यो कि उपभोक्ताका लागि ब्रिकेट उत्तम भएर पनि शुरूमा यो नचल्दा उत्पादकहरू निराश भएका थिए । अहिले भने यसको माग यति बढेको छ कि उत्पादकहरू पूरा गर्न सकिरहेका छैनन् । लाङ्घाली सामुदायिक वन उपभोक्ता समूह अन्तर्गतको लघु उद्यमी अन्तर समूह संघ (मेगा) का अध्यक्ष गोपाल श्रेष्ठ अहिले महीनामा ६ हजार वटा ब्रिकेटको माग भए पनि ४५ सय वटा भन्दा उत्पादन गर्न नसकेको बताउँछन् । मेगामा तीन वटा समूहले ब्रिकेट उत्पादन गरिरहेका छन् ।

श्रेष्ठका अनुसार, धरानका अस्पताल र होटलहरू अहिले ब्रिकेटका सबभन्दा ठूलो उपभोक्ता भएका छन् । “सामान्यतः कात्तिक–माघको जाडोयाममा बढी खपत हुने ब्रिकेटको माग ग्याँस अभावकै कारण बढेको हो”, श्रेष्ठ भन्छन् । धरान–१५ की होटल संचालिका जमुना श्रेष्ठले ग्याँस भन्दा ब्रिकेट बढी किफायती पनि हुने बताइन् । धरान–५ का अर्का ब्रिकेट प्रयोगकर्ता चन्द्रबहादुर गिरी एक सिलिण्डर ग्याँस डेढ महिना चलाउने परिवारलाई रु.६०० को ब्रिकेट काफी हुने बताए । सुनसरी जिल्लामा लाङ्घाली, हरियाली, शान्तिनगर आदि सामुदायिक वन उपभोक्ता समूहले वनमारा झरबाट ब्रिक उत्पादन गरिरहेका छन् ।

सोहन श्रेष्ठ, धरान

comments powered by Disqus

रमझम