१६–३१ वैशाख २०६९ | 28-April - 13 May 2012

हाइवे को बर्लिन यात्रा

Share:
  

२ माघ २०६७ मा धरानको एक होटेलको कोठाबाट चार्जर सहित ब्ल्याकबेरी मोबाइल हरायो । यस्ता सेट धेरैले हराउँछन् र बिर्सन्छन्, तर त्यो ब्ल्याकबेरीको सम्झ्ना किन भने त्यो फोन धेरै दुःखले अगाडि बढेको ‘हाइवे’ चरित्रको ‘प्रप्स’ अर्थात् अनिवार्य सर्जाम पनि बनेको थियो । त्यो गायब भएपछि कठिनाइमा परेको सुटिङ युनिटले इलाममा फेरि तनाव भोग्यो –जेनेरेटर, ग्याँस सिलिण्डर र भाँडाकुँडाहरू हराएर ।

यस्ता अनेक समस्याले जेलिएर निर्धारित समयमा सुटिङ हुन नसक्दा र त्यसमाथि क्यामराले समेत दुःख दिएपछि भारतबाट आएका क्यामेराम्यानहरूलाई बीचमै विदा गर्नुपर्ने बाध्यता समेत आइलाग्यो । अत्यधिक तनावको त्यो बेला हाइवे को पछाडि रहेको एउटा सोच भएको उत्साही टिमसँग जसरी पनि फिल्म सिध्याउने जिद्दी त थियो तर, यसको प्रिमियर बर्लिन महोत्सवमा हुनेछ भनेर सोचेको नभए पनि विश्वका उत्कृष्ट महोत्सवहरूमा पु¥याउन सकियोस् भन्ने सपना भने देखेको थिएँ । रहर, आकांक्षा र एक खालको हुटहुटीमा डोरिएर बनेको त्यो टीम र त्यसले झ्ेलेको तनाव अहिले सम्झ्ँदा स्वाद लाग्दो भएको छ । चितवन बन्दको दिन केदार शर्मा र खगेन्द्र लामिछानेसँग काठमाडौं फर्कंदै गर्दा फुरेको हाइवेको कथालाई अविनाशविक्रम शाहले पटकथाको रूप दिएका हुन् ।

विश्वभरका एक से एक नयाँ चलचित्रमध्ये बर्लिनमा पहिलो प्रदर्शन पाउने १८ भित्र प¥यो, हाइवे । गएको २७ माघमा ६२औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुँदा मैले यो फिल्मका सहकर्मी र शुभेच्छुकहरूलाई हृदयको गहिराइबाट सम्झ्रिहेँ । सिने समीक्षकबाट निर्देशक बन्न पुगेको मेरो फिल्मी जीवनमा हाइवे ले २३ कात्तिक २०६८ मा त्यस्तै एउटा गज्जवको खुशी जुरायो, जुन दिन ‘क्राउड फण्डिङ’ साइट किक स्टार्टरबाट फिल्म एडिटिङका लागि करीब रु.२७ लाख जुट्यो ।

राम्रो विषयवस्तुमाथि बनेको एउटा नेपाली फिल्मलाई स्तरीय सम्पादन गरेर आम दर्शकबीच पु¥याउन यतिका सहयोग गर्नेमा व्यक्तिगत रूपमा चिनारु भन्दा बढी अचिनारु थिए । ३० जेठ २०६८ मा मैले प्रख्यात अन्तर्राष्ट्रिय चलचित्र निर्माता जस्लिन बान्र्सलाई उनको न्युयोर्क अफिसमा भेटेको उपलब्धि पनि थियो, त्यो । कान्स र सण्ड्यान्स विजेता मात्र होइन, एकेडेमी र एमी नोमिनी फिल्महरू बनाइसकेकी जस्लिनले नेपालको हाइवे लाई काँध दिएको परिणाम थियो, त्यो सफलता ।

११ वर्षअघि हिमाल खबरपत्रिकाबाट चलचित्र पत्रकारिता शुरु गर्दा कुनै दिन म आफैं फिल्म निर्देशक बन्छु भन्ने सोचेको थिइनँ । चलचित्र पत्रकारिता र फिल्म समीक्षाको क्रममा त्यो समयमा कतिपय निर्माता निर्देशकहरूसँग घम्साघम्सी नै परेको थियो । स्वस्थ आलोचनाबाट बिच्किएका कतिपय निर्माता÷निर्देशकहरूले ‘पहिला सिनेमा बनाएर देखाऊ अनि गफ गर’ भन्दा ‘हाम्रो काम समीक्षा गर्ने हो फिल्म बनाउने होइन’ भन्ने जवाफ दिन्थ्यौं, हामी त्यो बेला । हामी चलचित्र पत्रकारको ठाडो भनाइ हुन्थ्यो, ‘तपाइहरू कुखुरा हो, हामी पसले । कुखुराले अण्डा पार्छ, पसलेले जसरी चाहन्छ उसरी अम्लेट बनाउँछ !’

समय क्रममा म आफैंले हाइवे रुपी अण्डा पारेको छु । नेपाली दर्शकका लागि डिब्बामै रहेको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रमा यसले पाएको ‘रेस्पोन्स’को बयान माथि गरें । नेपालमा यसको कस्तो अम्लेट बन्छ भन्ने कुराचाहिं आगामी १ असारमा शुरु हुने सार्वजनिक प्रदर्शनपछि मात्र थाहा हुन्छ । म फिल्म समीक्षक हुँदा नेपालमा बलिउडका केही पुराना र नयाँ फिल्मीबाट तानतुने गरिएका कथा, हिरोइनलाई बगैंचामा नचाउने चारवटा गीत र हिरोलाई भगवान भन्दा पनि जादुमय देखाउने अर्को चारवटा फाइटको संरचनाबाट बनेका फिल्म उत्पादन हुन्थे । दर्शकले नेपाली कथा, नेपाली जीवन, नेपाली शैली र नेपाली सिल्प खोजिरहेको हामीलाई लाग्थ्यो । आज हाइवे मा जे छ त्यो त्यही चाहनाले सिकाएका, बुझएका कुराहरू छन् ।

comments powered by Disqus

रमझम