फराकिलो मधेश

Share:
  
- जगत बस्नेत
गजेन्द्रनारायणको फराकिलो मधेशको सन्देश पहाड–हिमालसम्म पुग्यो भने ऐक्यबद्ध नेपालमा थारु, किरॉत वा शेर्पा सबैले मधेशीहरूसँगै आ–आफ्नो पहिचानसहित सम्मान र स्वतन्त्रता पाउनेछन् ।

मधेशी राजनीतिका स्वप्नद्रष्टा गजेन्द्रनारायण सिंहले करीब तीन दशक पहिले मधेशी राजनीतिस‘ग जोडेर जुन आधार र मान्यताहरू अघि सार्नुभएको थियो, समयको फन्को मार्दै मधेशी राजनीति फेरि तिनै मान्यताको छहारीमा ओत लाग्न खोजिरहेको छ । अर्थात्, मधेशी राजनीतिले ‘ऐक्यबद्ध नेपाल, समृद्ध मधेश र सम्मानित मधेशी’ को नारालाई आधार बनाउन पुगेको छ ।

सिंहले त्यतिखेर मधेशी राजनीतिको शिलान्यास गर्ने क्रममा ‘जय मातृभूमि’ को नारा दिएका थिए । जब मधेश आन्दोलनका क्रममा ‘जय मधेश’ को नारा गुञ्जियो, तराई–मधेशमै बसोबास गर्ने एउटा ठूलो हिस्सा पहाडी समुदायले आपूmलाई असुरक्षित ठान्न थाल्यो र कैयौं ठाउँबाट तिनको विस्थापन पनि भयो । थारुहरू आप्mनो पहिचान र अस्तित्व ओझेलमा पर्ने हो कि भनेर चिन्तित देखिए । तर मधेश आन्दोलनको पॉच वर्ष नबित्दै मधेशी दल र नेतृत्वले आपूmलाई सच्याउन थालेका छन् । यी कुरा दलहरूका राजनीतिक दस्तावेज, कार्यक्रम र नाराहरूमा समेत झ्ल्किन थालेका छन् ।

आखिर किन सच्चिनुप¥यो त मधेशी दलहरूले ? किनभने, तराईमा बसोबास गर्ने पहाडी समुदायलाई विश्वासमा नलिएसम्म मधेशमा स्थायी शान्ति स्थापना हुनसक्दैनथ्यो र मधेशी दलहरूले उठाउने गरेको समावेशी राज्यको औचित्य खण्डित भइरहन्थ्यो । र, यसको परिणाम पनि देखिन थालेको छ— विगतमा विस्थापित पहाडी समुदायका मानिसहरू फर्किन थालेका छन्, मधेशी दलहरूको नारा र व्यवहारमा उग्रता हराउ‘दै गएको छ ।

अनिलकुमार झा नेतृत्वको संघीय सद्भावना पार्टी ‘गजेन्द्र–पथ’ लाई आत्मसात गर्ने दलहरूमध्ये संविधानसभामा सबैभन्दा ठूलो संख्यामा छ । गएको ८–१० वैशाखमा वीरगन्जमा संघीय महाधिवेशन गरेको यस दलले आफ्नो विधान र राजनीतिक दस्तावेजमै तराईका अल्पसंख्यक (तराईमा बस्ने पहाडी समुदाय) बारे उल्लेख गर्दै ती समूहको सम्मान, स्वतन्त्रतता र सहभागिताको कुरा गरेको छ । महाधिवेशनको उद्घाटन सत्रमा भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका प्रतिनिधिले पनि राज्यद्वारा उपेक्षामा परेका सबै संगठित भएर सहकार्य गरे परिवर्तन सम्भव हुने बताएका थिए । गजेन्द्रनारायण सिंहले मधेशी समुदायको राज्यस‘गको सम्बन्ध न्यायोचित बनाउने माग राख्दा हिमाल र पहाडका जनजातिलाई समेत जोड्ने प्रयास गरेका थिए । उनी भन्थे पनि, “नेपाली राजनीतिको केन्द्रीय सत्ताको पर्याय रहेको काठमाडौंलाई नागरिक मैत्री बनाउन विभेदमा पारिएका सबै वर्ग र तप्काहरूले एकसाथ संघर्ष गर्नुपर्दछ ।”

त्यस्तै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले २२ वैशाखमा जनकपुरमा राष्ट्रिय महाधिवेशन गर्दैछ । महतोका अनुसार त्यो अवसरमा तराईका रैथाने नेपाली मातृभाषी र हिमाल–पहाडका बासिन्दाहरूलाई पनि आप्mनो दलभित्र प्रतिनिधित्व गराउन विधान संशोधन गरेर निश्चित सदस्य संख्या आरक्षित गर्न लागिएको छ । विगतमा कैयौं पटक चर्को भाषण गरेर तराईका पहाडी समुदायमाझ आलोचित हु‘दै आएका उनको दलले पछिल्लो समयमा पहाडी जिल्लाहरूमा समेत संगठन विस्तार गर्दै आएको छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गएको चैतमा काठमाडौंको टु‘डिखेलमा संघीयतासहितको संविधानको पक्षमा गरेको आमसभामा आदिवासी जनजाति समुदायका प्रतिनिधि अगुवाहरूले समेत आफ्नो अभिमत राखेका थिए । नेपाली राज्यलाई समावेशी बनाउन नेपालका सबै उपेक्षितहरूले साझा प्रयत्न गर्नुपर्ने गजेन्द्रनारायण सिंहको दृष्टिकोणलाई मोर्चाले बल्ल बोध गरेको छ । अर्को, काठमाडौंको सत्ता संस्थापनलाई आफ्ना कुरा सुनाउन काठमाडौंमै कराउनु पर्दछ भन्ने मान्यतालाई प्रयोग गर्दै करीब २२ वर्षअघि गजेन्द्रनारायणले पनि काठमाडौंको त्यही ठाउँमा आमसभा गरेका थिए र त्यतिखेर उनले अनेकौं प्रहार खेप्नु परेको थियो । फरक–फरक धारमा हिँडे तापनि मधेश र मधेशीलाई केन्द्रित गरी राजनीति गर्ने शक्तिहरूले यतिखेर सिंहको कार्यनीतिलाई व्यावहारिक रूप दिन अघि सर्नुले उनको भविष्यदृष्टिको सान्दर्भिकतालाई प्रमाणित गर्दछ ।

यतिखेर पहाडी समुदायका मानिसहरू पनि मधेशकेन्द्रित दलहरूमा सहभागी हुनुलाई अर्थपूर्ण मानिंदैछ । तराईका जिल्लामा मात्र होइन, पहाडी जिल्लामा पनि मधेशवादी दलहरूप्रति आकर्षण थपिँदै गएको छ । कतिपयले यसलाई मधेशको फराकिलो धर्तीबाट राजनीतिको फराकिलो सन्देश गइरहेको बताउ‘छन् । हो पनि, मधेशी आन्दोलनले संघीयता, समावेशीकरण र पहिचानको मान्यतालाई स्थापित गरेको थियो । यसबाट राज्यको चरित्रमा सुधार भयो भने नेपाली भूगोलमा बस्ने सबैले लाभ पाउने थिए ।

विगतमा आन्दोलनको दरमियान कोही नेता विशेषका चर्का भाषण, आन्दोलनपछि शान्तिसुरक्षामा देखापरेको कमीकमजोरीका कारण तराईका पहाडी समुदायहरू असुरक्षित महशुस गर्दै मधेशी बहुल क्षेत्रबाट पलायन भएका हुन् । उता मधेशको यस्तो स्थितिबारे काठमाडौंमा अनेकौं भ्रम र आशंका खडा गर्दै मधेश आन्दोलनले खोजेको सार्थक हस्तक्षेपलाई तुहाउन चाहने पक्षहरूले पनि खेल्ने मौका पाइरहेका थिए । तर, जब मधेशी दल र नेताहरूले आपूmलाई सच्याउन थाले, काठमाडौंको आमसभामा पहिलेको जस्तो विरोध भएन । गजेन्द्र बाबुको फराकिलो मधेशको सन्देश पहाड हु‘दै हिमालसम्म पुग्दै गयो भने नै थारु हुन् वा किरॉत वा शेर्पा, सबैले मधेशीहरूस‘गै ऐक्यबद्ध नेपालमा आ–आफ्ना पहिचान सहित सम्मान् र स्वतन्त्रता पाउनेछन् ।

comments powered by Disqus

रमझम