३० असार २०७० | 14 July 2013

लोक दोहोरी नायिका

Share:
  

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको लोकदोहोरी अवार्ड प्रतियोगितामा यो वर्ष उदयपुर, लेखानीकी पार्वती राई (२२) उत्कृष्ट भइन्। अढाइ वर्षदेखि दोहोरी म्युजिक भिडियोमा जमेकी पार्वती सर्वाधिक काम गरेको र रुचाइएकी नृत्याङ्गनामा पर्छिन्। लोक दोहोरीका सबभन्दा बढी म्युजिक भिडियो निर्माण गर्ने कृष्ण फिल्मस्का प्रबन्ध निर्देशक तथा भिडियो निर्देशक बाबुराजा केसी पार्वतीलाई अब्बल दर्जाको लोक नृत्य कलाकार भन्छन्।

म्युजिक भिडियोको सफलतासँगै स्टेज कार्यक्रममा पनि भ्याईनभ्याई छ, पार्वतीलाई। यता पनि हुरुक्कै उता पनि हुरुक्कै, लरक्कै लर्केको कपाल छ, एबीसीडी पढ्न भन्दा, दिलको ढोका खुल्ला लगायत २०० भन्दा बढी गीतमा नाचेकी पार्वती यो क्षेत्रमा मिहिनेतकै बलमा स्थापित भएको बताउँछिन्। “काठमाडौंमा कतिपय अवार्ड/पुरस्कार फिक्सिङका कारण बद्नाम छन् र कतिपय मान्छे सबै अवार्ड/पुरस्कार र विजेतालाई त्यस्तै ठान्छन्”, पार्वतीले भनिन्, “मेरो हकमा भने कला र मिहिनेतले मान्यता पाएको हो।”

comments powered by Disqus

रमझम