३० असार २०७० | 14 July 2013

लक्ष्मी पनि गायिका

Share:
  

नेपालकी पहिलो महिला टेम्पु चालक लक्ष्मी शर्मा पनि गायिका बनेकी छन्। उनको एकल अल्बम 'मनको रहर' यसै साता सार्वजनिक भएको छ। 'मनको रहर' मा म भीरको फूल हुँ, हाँस्ने बेला, म नेपाली, जिन्दगीमा जहिले पनि, सुनचाँदी राम्रो भन्छन् लगायतका ६ गीत छन्। राम सिटौलाको संगीत रहेको अल्बमको एउटा गीतको गीतकार गायिका आफैं हुन्। बाँकी गीत सिटौला र शिव चौलागाईंले लेखेका हुन्। अल्बम बिक्रीबाट आउने रकम समाजसेवामा खर्चने लक्ष्मीले बताइन्।

comments powered by Disqus

रमझम