३० असार २०७० | 14 July 2013

अब खुकुरी बियर

Share:
  

गत साता काठमाडौंस्थित बेलायती राजदूतावासमा आयोजित 'खुकुरी बियर समारोह' बिल्कुलै भिन्न रह्यो– विदेशमा लोकप्रिय भएपछि स्वदेशमा 'लञ्च' गरिएको हिसाबले पनि। हुन पनि, बेलायतमा उत्पादित खुकुरी ब्राण्डको यो बियरले क्यानडा र फिनल्याण्डदेखि पोर्चुगल र जापानसम्मको बजारमा आफ्नो ठाउँ बनाइसकेको छ। चाखलाग्दो कुरा, नेपाली लगानीको यो ब्रिटिश बियरबारे नेपालमा जानकारी नै थिएन।

हरियो बोतलमा पाइने खुकुरी बियरका मालिक सन् ७० को दशकमा लण्डन पुगेका महन्त मोन्टी श्रेष्ठ हुन्। आफूले काम गरिरहेको रेष्टुरेण्ट बिक्री हुने भएपछि त्यसलाई किनेर नयाँ ढंगले संचालन गरेका श्रेष्ठले ८० को दशकमा त्यसलाई लण्डनको एउटा नामी पाकशाला बनाए। लण्डनमा बढ्दो नेपाली डायस्पोरा नियालिरहेका श्रेष्ठ त्यतिमै मात्र रोकिएनन्। २००३ मा उनले १८० वर्ष पुरानो इङ्गलिस ब्रुअरी जे डब्लु लिजसँगको साझ्ोदारीमा नेपाली स्वादको खुकुरी बियर निकाले। त्यसको चार वर्षमा कम्पनीको एक्लो मालिक बनेका श्रेष्ठ अहिले आन्ध्र महासागरको दुवैपट्टि दुई लाख पचास हजार लिटर खुकुरी बियर बेचिरहेका छन्।

गत वर्षको मोन्डे सेलेक्सन (खाद्य परिकार र पेयलाई दिइने) अवार्ड विजेता खुकुरी बियरले अब नेपाली बजारतिर पनि आँखा लगाएको छ। संसारभरका बियरप्रेमीले मन पराएको यो बियर नेपाल आयो भने यहाँका पारखीहरूले राम्रो स्वागत गर्ने अनुमान सहजै गर्न सकिन्छ।

सुनिर पाण्डे

comments powered by Disqus

रमझम