३० असार २०७० | 14 July 2013

थापाथलीमा रेड मड

Share:
  

आम नेपालीको चिया पारखी जिब्रोहरु धमाधम कफीले खोसिरहेको छ। केही दशकअघिसम्म विल्कुलै नयाँ कफीको खेती काभ्रेदेखि गुल्मीसम्म फैलिसकेको छ। यस्तो समयमा आशिष अधिकारीले थापाथलीको कफी प्वाइन्टलाई रेड मडमा परिणत गरेको ६ महीना भयो।

व्यावसायिक कम्प्लेक्स, कलेज र कार्यालयहरुले भरिएको क्षेत्रमा रहेको यो क्याफे अहिले युवा प्रोफेसनलहरुबीच लोकप्रिय भइसकेको छ। घर पुगेर दालभातमा डट्नुअघि एक कप कफीसँग रमाउन चाहने विद्यार्थीहरुका लागि पनि प्रिय थलो बनेको छ– रेड मड।

चकिलो सुन्तला रंगको भित्ताहरुमा आर्ट ल्याबका कलाकारले भरेका चित्र नियाल्दै सोफामा बस्नुअघि काउन्टरमा अर्डर गर्नुपर्छ, यहाँ। अमेरिकानो र ल्याटे कफीको मिश्रण रेड मडको खास स्वाद हो, जसलाई नेपालिनो नाम दिइएको छ। ज्यानलाई अलि चिसो बनाउने मूड छ भने नेपालिनोको साटो आइस टी मगाउन सकिन्छ।

नेपालिनो वा आइस टी जे लिए पनि रेड मडमा बर्गर नछुटाउनु होला। यहाँको ताजा र ओसिलो चिकेन बर्गर जिब्रोमा टक्क बस्ने खालको छ। त्यसबाहेक टुना, ह्याम, सलामीदेखि टमाटर र चिज स्याण्डविचसम्मका आइटम पनि एक से एक छन्। रेड मडले दुई हैन, तीन वटा स्लाइस भएको स्याण्डविच बेच्छ। तपाईं बर्गरको फुल कोर्ष चाहनुहुन्छ भने प्लेटमा फ्रेञ्च फ्राइज र रोजाइको ड्रिंक्स् पनि आइपुग्छ।

आइस टी रु. ६०

ब्लेण्डेड मोचा रु. १८५

क्रिस्प फ्राइज सिंगल रु. ६०

डबल रु. १००

चिकेन बर्गर रु. १५०

फुल कोर्ष बर्गर रु. २१०

comments powered by Disqus

रमझम