६ साउन २०७० | 21 July 2013

हिमाल स्टीलको ५० वर्ष

Share:
  

ज्योति समूहको हिमाल आइरन एण्ड स्टील प्रालि स्थापना भएको ५०औं वार्षिकोत्सवको अवसरमा 'हिमालको आँखीझ्यालबाट ५० वर्षको नेपाल' नामक पुस्तक र गीति संग्रह 'नेपाली संगीतको सुनौलो ५० वर्ष' सार्वजनिक गरेको छ। २४ असारमा राष्ट्रपति डा. रामवरण यादवले लोकार्पण गरेका यी संग्रहले आधा शताब्दीयता नेपालले गरेको भौतिक र सांस्कृतिक प्रगति देखाउँछ।

ऋषिराम कट्टेल

६५ गीत संग्रहित 'नेपाली संगीतको सुनौलो ५० वर्ष' मा गत पाँच दशकका ५० नेपाली गीत–संगीतका हस्तीहरुका प्रतिनिधि सिर्जना समावेश छन्। संग्रहमा नेवारी, भोजपुरी, मैथिली, तामाङ, शेर्पा, लिम्बू, गुरुङ गरी १५ भाषाका गीत समावेश छन्। ज्योति समूहका अध्यक्ष पद्म ज्योतिका अनुसार, कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तक र सांगीतिक संग्रह ल्याइएको हो।

comments powered by Disqus

रमझम