६ साउन २०७० | 21 July 2013

हङकङमा पन्चैबाजा

Share:
  

मगर संघ हङकङले हङकङमा पन्चैबाजाको चाँजोपाँजो मिलाएको छभने नौमती बाजा समूह बनाएर सबैले बजाउन सिकेका छन्। समूहका संयोजक हरि थापाका अनुसार, नरसिङ्गामा हरि थापा–कुमार राना, सहनाईमा होमबहादुर थापा–जगतबहादुर सार्की, ढोलकीमा जगतप्रसाद थापा–सुरेन्द्र थापा, झ्यालीमा नवीन थापा, ट्याम्कोमा रमण आले र दमाहामा हेमबहादुर थापा–ढकबहादुर थापा सिपालु भइसकेका छन।

किशोरजंग थापा

समूहले यो सांस्कृतिक कर्मबाट राम्रो आर्जन पनि गर्न थालेको छ, जुन संघको खातामा जम्मा हुन्छ। यो नौमती बाजा समूहलाई महीनामा चार वटासम्म कार्यक्रममा बोलाउन थालिएको छ। एउटा कार्यक्रममा न्यूनतम नेरु ३० हजार दिइन्छ। यो समूहलाई नेपाली समुदायको पास्नी, ब्रतबन्ध, विवाह र र्‍यालीहरूमा बोलाइन्छ। “बाजाले नेपालीलाई संस्कृति सम्झाएको छ, हङकङमा नेपाललाई चिनाएको छ”, समूहका संयोजक थापा भन्छन्, “विदेशमा नेपाली एकता पनि गराएको छ।”

किशोरजंग थापा, हङकङ

comments powered by Disqus

रमझम