६ साउन २०७० | 21 July 2013

भेटघाटको तास

Share:
  

देशमा होस् या विदेशमा, चितवनको नारायणगढलाई मीठो खानेकुराले सम्झने हो भने सबैको मनमा खसीको मासुको तास नै आउँछ। यसको सुरुआत २०४५ सालमा गोविन्दप्रसाद तिवारीले गरेका थिए, भेटघाट रेष्टुरेण्ट खोलेर। नेपालकै पहिलो यो तास रेष्टुरेण्टले राजधानीको अनामनगरमा पनि एक वर्षदेखि नारायणगढको स्वाद पस्किरहेको छ।

खसीको मासुलाई २५ प्रकारका घरेलु मरमसलाले मोलेर २५० डिग्रीको तापक्रममा पकाएपछि तास तयार हुन्छ। पकाउनुअघि चार घण्टासम्म फ्रिजिङ गरिएको एक प्लेट तास भेटघाटमा रु.१७५ मा भुजा र भेज सलादका साथ उपलब्ध हुन्छ। चाइनिज, इण्डियन र कन्टिनेन्टल परिकार पनि पाइने भेटघाटमा बढी चल्ने चाहिं मटन तास नै हो। सूप, अचारमा पकाइएको स्टिम मम र मिक्स परिकार भट्टी मम यहाँको नौलो परिकार हो।

सञ्चालक महेश तिवारीका अनुसार, अनामनगरको भेटघाटमा तासका लागि हरेक दिन मसलामा मोलेको खसीको मासु चितवनबाटै ल्याइन्छ। पार्किङ सहितको भेटघाट रेष्टुरेण्टमा एक पटकमा १५० पाहुना अटाउँछन्।

मटन तास सेट रु.१७५

भट्टी मःम रु.१५०

नेपाली खाना सेट रु.१४०–२००

फिस फ्राई रु.२२०

बिर्यानी रु.१५०–२२०

चिकन ड्रम स्टिक रु.२२०

सम्पर्क फोनः ४२२२७१६

अनुशील

comments powered by Disqus

रमझम