सफलताका लागि जुक्ति

Share:
  

विद्यालय व्यवस्थापन समितिमा बस्न हारालुछ गर्ने राजनीतिक दलका स्थानीय कार्यकर्ताहरूबाट प्रतिव्यक्ति रु.५ हजार ३२ सङ्कलन, शैक्षिक गुणस्तर उकास्न एउटा अलग्गै समिति, पूर्वप्राथमिक तहको विद्यार्थीलाई वर्षभरि खाजाको व्यवस्था, दलहरूको बन्द आह्वानमा विद्यालय बन्द नगर्ने, नियमित पाठयोजना कार्यान्वयन तथा कुनै विद्यार्थीमा समस्या देखिए अभिभावकलाई बोलाएर अलग परामर्श। बस्, दमक– ९ झ्ापास्थित विद्योदय निमाविले गरेको यत्ति हो। यसको परिणाम भने सोचेभन्दा राम्रो देखिएको प्रधानाध्यापक कर्णबहादुर तामाङ बताउँछन्। 

उनका अनुसार, सरकारी विद्यालयमा विद्यार्थी घटेर विद्यालयहरू गाभ्न थालिएको बेला यो साल विद्योदयमा ८० विद्यार्थी थपिएर ३७५ पुगेका छन्। तीमध्ये कतिपय त बोर्डिङ छोडेर आएका छन्। आदिवासी धिमाल र दलित समुदायका विद्यार्थी बहुल यस विद्यालयमा कुमाललगायतका सीमान्तकृत समुदायका बालबालिकाको संख्या १६५ पुगेको छ। “अंग्रेजी माध्यमको पढाइ र टाइ–बेल्टसहितको युनिफर्म लागू गरेपछि विद्यालयप्रति अभिभावक र विद्यार्थीमा गजबको आकर्षण बढेको छ”, प्रधानाध्यापक तामाङ भन्छन्, “दुवै समितिका २१ जनाबाट उठेको पैसाबाट नानीहरूलाई खाजाको व्यवस्था गरेपछि दिउँसो खाजा खाने भन्दै कम्पाउण्डबाट बाहिरिएका विद्यार्थी नफर्कने समस्या रोकिएको छ।”

गोपाल गडतौला, झापा


नयाँ मुकाममा मुखर्जी
 
करीब ६ दशक लामो सक्रिय राजनीतिक जीवनलाई औपचारिक बिट मार्दै भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता प्रणव मुखर्जी मुलुकको १३औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। १९ जुलाईको निर्वाचनमा मुखर्जीले करीब ७० प्रतिशत मत ल्याएर भारतीय जनता पार्टी (विजेपी) समर्थित प्रतिद्वन्द्वी पूर्व सभामुख पीए संगमालाई सजिलै पाखा लगाए। भारतीय केन्द्रीय राजनीतिमा कंग्रेस भित्र र बाहिर पनि 'संकटमोचक' का रूपमा चिनिएका ७७ वर्षीय मुखर्जीले मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को प्रमुख दावेदार रहेको समयमा राष्ट्रपतिको 'सेरेमोनियल' भूमिका रोजेका छन्। 

पश्चिम बङ्गालको मिराती गाउँमा जन्मेका मुखर्जीका पिता स्वतन्त्रता संग्राममा होमिएका एकजना होनहार कंग्रेस थिए। उनी सन् १९५२–१९६४ सम्म भारतीय राष्ट्रिय कंग्रेसका तर्फबाट पश्चिम बंगाल विधायकी परिषद्का सदस्य रहे। पारिवारिक वातावरणका कारण सानैमा राजनीतिक चेतना भरिएका मुखर्जी सक्रिय राजनीतिमा आउनुअघि कर्मचारी, शिक्षक र  पत्रकार बने। १९६९ मा तत्कालीन प्रधानमन्त्री तथा कंग्रेस नेतृ इन्दिरा गान्धीले राज्यसभा सदस्य बनाएपछि उनको सक्रिय राजनीतिक यात्रा शुरू भयो। त्यसपछिको छोटो समयमै उनी इन्दिराका अति विश्वासपात्र भित्र परे, १९७३ मा इन्दिराकै मन्त्रिपरिषद्मा क्याबिनेट मन्त्री बने। त्यसपछि विभिन्न मन्त्रालय सम्हालेका मुखर्जी १९८२ मा अर्थमन्त्री बने। उनलाई एक सफल अर्थमन्त्रीको रूपमा लिइन्छ। मुखर्जी १९८० देखि १९८५ सम्म राष्ट्रिय सभामा दलको नेता रहे। 

इन्दिरा गान्धीको हत्या भएपछि क्षमता र वरिष्ठताका हिसाबले मुखर्जी नै प्रधानमन्त्री पदका प्रमुख दाबेदार थिए। उनले प्रत्यक्षतः त्यस्तो दाबेदारी प्रस्तुत नगरे पनि पार्टीका कतिपयले इन्दिरापुत्र राजीवलाई 'होसियार' बनाए। परिणाम, प्रधानमन्त्री राजीव बने, मुखर्जीलाई पार्टीभित्र 'साइड' लगाउने काम तीव्र बन्यो। यो अपमान सहन नसकेपछि मुखर्जीले राष्ट्रिय समाजवादी कंग्रेस नामको नयाँ पार्टी खोले। १९८९ मा राजीव गान्धीसँग 'सम्झ्ौता'पछि उनी राष्ट्रिय कंग्रेसमै विलय भए। त्यसलगत्तै प्रधानमन्त्री पीभी नरसिंह रावले योजना आयोगको प्रमुख नियुक्त गरेपछि मुखर्जीले पार्टीभित्र शक्ति आर्जन गरे। पार्टीमा फर्किएको ६ वर्षपछि १९९५ मा उनी विदेशमन्त्री बने। प्रधानमन्त्री राजीव गान्धीको हत्यापछि श्रीमती सोनियालाई राजनीतिमा ल्याउने प्रमुख भूमिका पनि मुखर्जीकै रह्यो। 

कंग्रेस राजनीतिमा सोनियाको आगमनपछि 'किङमेकर'को भूमिकामा थिए, मुखर्जी। राष्ट्रिय राजनीतिमा कंग्रेसको खस्कँदो साख उकास्न उनको सुझ्बुझ्पूर्ण रणनीति महत्वपूर्ण सावित भयो। पछिल्लो लोकसभा निर्वाचनमा आफ्नो विरासत गुमाएको कंग्रेसको नेतृत्वमा रहेको युनाइटेड प्रोग्रेसिभ अलायन्स (युपीए) ले २००४ मा स्पष्ट बहुमत हासिल गर्‍यो। कहिल्यै 'मास लिडर' नरहेका मुखर्जी समेत लोकसभा सदस्यमा निर्वाचित भएर दुई वर्ष रक्षामन्त्रीको जिम्मेवारी सम्हाले। २००६ मा उनी फेरि विदेशमन्त्री बने। २००९ मा मनमोहन सिंह नेतृत्वको क्याबिनेटमा सिंहपछिको दोस्रो वरियतामा रहेर उनले वित्तमन्त्रीको जिम्मेवारी निर्वाह गरे। राजनीतिशास्त्र, इतिहास र कानूनमा डिग्री गरेका मुखर्जी इन्दिरा गान्धीकै मन्त्रिपरिषद्मा पनि प्रधानमन्त्रीपछिका दोस्रो वरिष्ठ सदस्य थिए। 

इन्दिरा नेतृत्वको सरकारमा १९८२ मा वित्तमन्त्री हुँदा आफैंले रिजर्भ ब्याङ्क अफ इण्डियाका गभर्नर नियुक्त गरेका मनमोहन सिंह प्रधानमन्त्रीको दोस्रो कार्यकाल बिताउँदैछन्, तर मुखर्जीको प्रधानमन्त्री बन्ने 'पालो' आएन। चिनियाँ आर्थिक क्रान्तिका सूत्रधार देङ स्याओ पिङलाई आदर्श मान्ने मुखर्जी प्रधानमन्त्री भएको भए आर्थिक क्रान्तिका नयाँ योजनाहरू लागू गर्न सक्थे। उनी त्यो बिन्दुमा पुगिसकेका पनि थिए, तर यस्तो घडीमा राष्ट्रप्रमुख भएर बस्ने निर्णय लिएका छन्। 

विशेषतः गान्धी परिवारको विरासत जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मुखर्जी त्यही कारण सधैं 'ओझ्ेलका पात्र' बन्दै आए। गान्धी परिवारका उत्तराधिकारी कंग्रेस महासचिव राहुल गान्धीको बाटोमा मुख्य 'थ्रेट' बन्न सक्ने आकलन गरेरै पार्टी अध्यक्ष सोनियाले मुखर्जीलाई राष्ट्रपतिमा अघि सारेको विश्लेषण धेरैको छ। मुखर्जीले पनि यसलाई 'सुरक्षित अवतरण'का रूपमा स्वीकारेका हुन्। कंग्रेसभित्र
उनको 'संकटमोचक'को भूमिका चाहिं रहिरहनेछ।

comments powered by Disqus

रमझम