१३ साउन २०७० | 28 July 2013

कहाँ के?

Share:
  

अ पिपुल वार

नेकपा (माओवादी) ले फागुन २०५२ मा शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो। यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्‍यो। अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन। त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्। 'अ पिपुल वार' नाम दिइएको प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ। समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१) ५५४९९४८

www.madanpuraskar.org

गोलमारीः बंगलादेशमा भएको विध्वंसमाथि फोटोग्राफर मुनिम वासिफको तस्वीर प्रदर्शनी।

मितिः १० देखि ३१ साउनसम्म

समयः बिहान १० देखि साँझ् ६ बजेसम्म

स्थानः एलियँस फ्रस्वँ अफ काठमाण्डू, टेकु रोड

सम्पर्कः (०१) ४२४११६३, ४२४२८३२

कटः स्त्रि्कप्ट लेख्नुहोस्, २७०० डलर नगद पुरस्कार जित्नुहोस् र आफ्नै फिल्म बनाउनुहोस्।

स्त्रि्कप्ट पठाउने अन्तिम मितिः ३१ साउन

सम्पर्कः www.newnepalicinema.com/script2013

दक्षता विकासः तीनदिने कार्यशालामा आफ्नो रिपोर्ट राइटिङ खूबी बढाउनुहोस्।

शुल्कः रु.६ हजार

मितिः ११ देखि १३ साउन

समयः बिहान ९:३० देखि अपरान्ह ४:३० सम्म

स्थानः करिअर मास्टर नेपाल एण्ड एचआर डेभलपमेण्ट सेण्टर, पुल्चोक, ललितपुर

सम्पर्कः (०१) ५५२४८९१

comments powered by Disqus

रमझम