१३ साउन २०७० | 28 July 2013

क्याफे स्वथ

Share:
  

देशी–विदेशी परिकार प्रेमीहरूका लागि पाटन दरबार क्षेत्र बाहिर खुलेको रेस्टुरेण्ट क्याफे स्वथा परम्परागत नेवारी शैलीको घरमा छ। पाहुनालाई नेवारी इन्टेरियरभित्र खुल्ला भान्साबाट आएको रोजाइको परिकार मधुर संगीतको साथमा पस्कन्छ, स्वथले।

पाटन दरबारबाट दायाँतिर मोडिएपछि आउने पर्यटक टिकट बुथ अगाडि रहेको स्वथामा इटालियन परिकार त पाइन्छ नै, मूला–भटमास सलादसँग आउने चिकेन फिंगर सेटले धेरैको जिब्रो लट्ठाइसकेको छ। थोरै अलिनो पोट्याटो ग्नोची र टमाटर सस यहाँको अर्को विशेष स्वाद हो। डेजर्टको रूपमा आउने यहाँको स्लाइस केक बिल्कुलै अलग छ। स्वथ धेरै महँगो छैन र एकचोटि पल्केपछि बिर्सन पनि सकिंदैन।

पोट्याटो ग्नोची रु.४८०

पास्टा स्वथ रु.४२०

चिज केक रु.३३०

comments powered by Disqus

रमझम