२० साउन २०७० | 4 August 2013

लाक्पाज् चुलो

Share:
  

रेस्टुरेण्टहरुको उच्च प्रतिस्पर्धा रहेको ठमेलमा गोजीभरि पैसा हुनेले मात्रै खानाको मज्जा लिन पाउँछ। यस्तो प्रतिस्पर्धामा रेस्टुरेण्टहरु टिक्नु ठूलै कुरा हो। लाक्पाज् चूलो भने टिकेको मात्र छैन, पाहुनाको भीड लिएर अगाडि बढिरहेको छ। यसको कारण, निश्चय नै भाउ हैन, स्वाद हो।

भित्र र बाहिर दुवै ठाउँ बगैंचामा बसेर खान मिल्ने यो रेस्टुरेण्टको 'चूलो' नामलाई यसको माटो रंगको भित्ता, लोक्ताका टेबल म्याट र अरु परम्परागत साजसज्जाले चरितार्थ गरेको छ। स्वीस रोस्टी, इटालियन रिसोटो र हरिया थाइ परिकारका लागि नामी लाक्पाज् चूलोमा नाम अनुसार नेपाली र नेवारी खाना छुट्ने कुरै भएन। परिकार जुनसुकै होस्, त्यो जिब्रोमा झुण्डिन्छ। खासमा यो रेस्टुरेण्ट वयान सुन्नेभन्दा खाएरै हेर्ने परिकार भण्डारमा पर्छ।

बेकन फिस रु.५५०

चिकेन स्निजल रु.५५०

पोर्क चप रु.५९०

चकलेट केक रु.२५०

comments powered by Disqus

रमझम