२० साउन २०७० | 4 August 2013

कहाँ के?

Share:
  

गोलमारीः बंगलादेशमा भएको विध्वंसमाथि फोटोग्राफर मुनिम वासिफको तस्वीर प्रदर्शनी।

मितिः ३१ साउनसम्म

समयः बिहान १० देखि साँझ् ६ बजे

स्थानः एलियँस फ्रस्वँ अफ काठमाण्डू, टेकु रोड

सम्पर्कः (०१) ४२४११६३, ४२४२८३२

कटः स्त्रि्कप्ट लेख्नुहोस्, २७०० डलर नगद पुरस्कार जित्नुहोस् र आफ्नै फिल्म बनाउनुहोस्।

स्त्रि्कप्ट पठाउने अन्तिम मितिः ३१ साउन

सम्पर्कः www.newnepalicinema.com/script2013

शाब्दिक योद्धाः शब्दका लडाकूहरुको स्लाम पोयट्रीमा सहभागी हुनुहोस् र आफैं पनि प्रस्तुत हुनुहोस्।

मितिः १९ साउन

समयः दिउँसो १ देखि ४ बजेसम्म

स्थानः एल्लो हाउस, सानेपा

स्वतन्त्रताका लागि एक कदमः पोखराका ८ युवा महिला कलाकारका चित्रकला प्रदर्शनी।

मितिः २७ साउनसम्म

समयः दिउँसो १२ देखि बेलुका ६ बजे (शनिबार बाहेक)

स्थानः आर्टिस्ट प्रुफ ग्यालरी, न्यु ओर्लेन्स, पुल्चोक, ललितपुर

रिफ्लेक्टिभ इन्स्ट्याण्टः भावना मानन्धर, राजेश मानन्धर, निरज चित्रकार र गणेश जीसीको संयुक्त चित्रकला प्रदर्शनी। मितिः १८ साउन

स्थानः पार्क ग्यालरी, पुल्चोक

सम्पर्कः (०१) ५५२२३०७

www.parkgallery.com.np

अ पिपुल वार

नेकपा (माओवादी)ले २०५२ फागुनमा शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो। यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्‍यो। अर्को १० वर्षपछि पनि नेपाली समाजमा त्यो गृहयुद्वको खाटा बसिसकेको छैन। त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्। 'अ पिपुल वार' नाम दिइएको प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म।

मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८,

www.madanpuraskar.org

comments powered by Disqus

रमझम