२७ साउन २०७० | 4 August 2013

बढे बाघ

Share:
  

बढे बाघः १८ फागुन २०६९ को बिहान ६:२४ बजे बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्र्यापिङमा देखिएको बाघ । २३ माघ २०६९ देखि २२ जेठ २०७० सम्ममा गरिएको गणना अनुसार नेपालमा वयस्क बाघ संख्या १९८ पुगेको छ । यो संख्या चार वर्षअघिको भन्दा ७७ ले बढी हो । गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्षमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा बाघ छन् । क्यामरा ट्र्यापिङ प्रविधिद्वारा गणना गरिएको थियो ।

तस्वीर सौजन्य: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

comments powered by Disqus

रमझम