२७ साउन २०७० | 4 August 2013

मल्टीमार्केटर गुगल

Share:
  
- गणेश आचार्य

वेब टुल्स

  • गुगल सर्च

  • जिमेल

  • युट्युब

  • गुगल ड्राइभ

  • गुगल प्लस

सन् १९९६ मा स्थापना भएको गुगल कर्पोरेशनले १९९९ मा शुरू गरेको गुगल सर्च विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन हो । गुगलमा हरेक दिन करोडौं डाटाहरू खोजिन्छ । आफूले शुरू गरेको सर्च इन्जिनले यस्तो सफलता पाएपछि गुगल कर्पोरेशन अरू क्षेत्रमा समेत अग्रसर हुन थालेको छ ।

कम्प्युटर एप्लीकेशन

  • गुगल क्रोम ब्राउजर

  • गुगल अर्थ

  • पिकासा फोटो अल्बम

  • गुगल टुलबार

अपरेटिङ सिस्टम

  • स्मार्टफोन र ट्याबलेटका लागि एण्ड्रोइड अपरेटिङ सिस्टम

  • इन्टरनेटको क्रोमबुकका लागि क्रोम अपरेटिङ सिस्टम

  • टीभी सेटअप बक्सका लागि गुगल टीभी अपरेटिङ सिस्टम

गुगलले सर्च इन्जिनपछि वेब ब्राउजरबाट चलाउनुपर्ने गुगल बुक, गुगल गु्रप, गुगल न्यूज जस्ता सर्च टुल्सहरू संचालनका साथै अनलाइन एडभर्टाइजिङ (इन्टरनेटमा गरिने प्रचारमा प्रयोग हुने गुगल एडसेन्स, गुगल ग्य्राण्ट, मिबो जस्ता) सेवा पनि चलाउँदै आएको छ । साधारण कम्प्युटर र इन्टरनेट प्रयोगकर्ताले प्रयोग गर्ने जिमेलको इमेल, गुगल डक्स, जीड्राइभ, ह्याङ्ग आउट जस्ता अति नै लोकप्रिय पोर्टलहरू पनि गुगलकै उत्पादन हुन् ।

गुगलले राम्रो काम गरिरहेका स–साना कम्पनीहरूलाई पनि आफ्नो बनाउँदै आएको छ । उसले ब्लग बनाउन नामी पोर्टल ‘ब्लगर’ लाई पाइरा ल्याब्ससँग किनेको छ । गुगलले गुगल अर्थका नामबाट चलाएको पृथ्वीको थ्री डायन्सनल भ्यू हेर्न मिल्ने अर्थ नामक सफ्टवेयर पनि २००५ मा अरूबाटै किनेको हो । गुगलले २००५ कै अगस्टमा ठूलो रकम तिरेर एण्ड्रोइड अपरेटिङ्गलाई समेत आफ्नो बनायो । २००६ अक्टोबरमा आएर गुगलले अनलाइन भिडियो हेर्ने पोर्टल युट्युबलाई १.६ अर्ब अमेरिकी डलरमा किन्यो ।

हार्डवेयर

  • नेक्सस सिरिजका मोबाइल र ट्याबलेट

  • विना ड्राइभर चल्ने कार (कन्सेप्ट)

  • गुगल ग्लास (चश्माबाटै इन्टरनेट चलाउन र चश्मामै सबै कुरा देख्न सकिने)

मोबाइल एप्लीकेशन

  • गुगल ड्राइभ

  • जिमेल

  • पिकासा

  • गुगल म्युजिक

  • प्ले स्टोर

विश्वका धनाढ्य र उत्कृष्ट कम्पनीहरूको सूची निकाल्ने फच्र्युन म्यागेजिनले २००७, २००८ र २०१२ मा गुगल कर्पोरेशनलाई काम गर्नका लागि सबभन्दा उत्कृष्ट कम्पनी भनेको थियो । अहिले वेब टुल्स, सफ्टवेयर र हार्डवेयर उत्पादनमा लागेको गुगलको दैनिक आम्दानी २८ लाख डलर छ । करीब ५४ हजार जनालाई काम दिएको गुगलले गत वर्ष १२ अर्ब डलर मुनाफा कमाएको थियो । गुगल अहिले पनि त्यस्ता प्रोजेक्टहरूमा काम गरिरहेको छ, जसबाट प्रविधि र टेलिकम्युनिकेशनका सबैजसो क्षेत्रमा आफ्नो अग्रता कायम रहोस् । यही कारण अर्थशास्त्रीहरू गुगललाई ‘मल्टीमार्केटर’ भन्न थालेका छन् ।

गणेश आचार्य

comments powered by Disqus

रमझम