२७ साउन २०७० | 4 August 2013

राजधानीमा थारू चित्रकला

Share:
  

नेपालको समृद्ध थारू चित्रकला बल्ल यो वर्ष राजधानीमा प्रस्तुत हुन पायो। यसका लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लोककला विभाग धन्यवादको पात्र बनेको छ, जसले असार अन्तिम साता नक्सालको नाफा हलमा आयोजना गरेको बृहत् चित्रकला प्रदर्शनीमा थारू कलालाई पनि सहभागी गरायो।

प्रतियोगितात्मक प्रदर्शनीमा डेढ दर्जन थारू चित्रकारले अष्टिम्की चित्रहरु प्रदर्शन गरे। कृष्णजन्माष्टमीताका बनाइने अष्टिम्की चित्रमा सृष्टिको कथासार हुन्छ। प्रदर्शनीमा हेकुली–३ रावत गाउँकी सरिता चौधरी थारु चित्रकलामा उत्कृष्ट भएर रु.१० हजार नगद तथा प्रमाणपत्र हात पारिन्।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेकी सरिता वीरेन्द्र उच्च मावि हेकुली दाङमा पढाउँछिन्। आठ वर्षदेखि यस्तो चित्र बनाउन थालेकी उनले गाउँका गुरुवा रहेका बुबा रामशरणबाट यो विधाको महत्व थाहा पाएको बताइन्।

कृष्णजन्माष्टमीको दिन थारुका घरलाई अष्टिम्की चित्रकलाले सजाइन्छ र महिलाबाट पूजाआजा गरिनुका साथै रातभर कृष्णगाथा गाइन्छ। अष्टिम्की चित्रकार सरिता कृष्णगाथा गायिका र दशैंमा नाचिने सख्या नाचकी नर्तकी पनि हुन्।

कृष्णराज सर्वहारी

comments powered by Disqus

रमझम