२७ साउन २०७० | 4 August 2013

शिवाङ्गिनीको डेब्यू

Share:
  

नेपालगञ्जकी शिवाङ्गिनी राणा यसै साता छायांकन सकिएको सुदर्शन थापा निर्देशित चलचित्र मधुमास मा नायिका बनेकी छन् । यसअघि भारतीय टेलिभिजन च्यानल एमटीभीको रियालिटी शो ‘स्प्लिट भिल्ला’मा प्रतिस्पर्धा गरेर चर्चामा आएकी उनले एमटीभीकै सिरियल ‘रियालिटी स्टाइल’मा अभिनय गरेकी थिइन् ।

मुम्बईमा एकवर्षे अभिनय कोर्ष गर्दा बलिउड विज्ञापनहरुमा काम गरेकी, केही पत्रिकाको ‘कभरगर्ल’ बनेकी र काठमाडौंका फेसन शोहरुमा सहभागी भएकी शिवाङ्गिनी होटल म्यानेजमेन्टको स्नातक हुन् । राजनीतिकर्र्मी धवलशमशेर जबराकी छोरी शिवाङ्गिनी भन्छिन्, “अब नेपालकै सिने संसारमा जम्ने सोचमा छु ।”

comments powered by Disqus

रमझम