२७ साउन २०७० | 4 August 2013

कहाँ के ?

Share:
  

कटः स्क्रिप्ट लेख्नुहोस्, २७०० डलर नगद पुरस्कार जित्नुहोस् र आफ्नै फिल्म बनाउनुहोस् ।

स्क्रिप्ट पठाउने अन्तिम मितिः ३१ साउन

सम्पर्कः www.newnepalicinema.com/script2013

स्वतन्त्रताका लागि एक कदमः पोखराका ८ युवा महिला कलाकारका चित्रकला प्रदर्शनी ।

मितिः २७ साउनसम्म

समयः दिउँसो १२ देखि बेलुका ६ बजे (शनिबार बाहेक)

स्थानः आर्टिस्ट प्रुफ ग्यालरी, न्यू ओर्लेन्स, पुल्चोक, ललितपुर

रिफ्लेक्टिभ इन्स्ट्याण्टः भावना मानन्धर, राजेश मानन्धर, निरज चित्रकार र गणेश जीसीको संयुक्त चित्रकला प्रदर्शनी ।

मितिः ३ भदौसम्म

स्थानः पार्क ग्यालरी, पुल्चोक

सम्पर्कः (०१) ५५२२३०७ www.parkgallery.com.np

इभेन्ट म्यानेजमेण्ट वर्कशपः प्रभावकारी इभेन्ट म्यानेजमेण्टको सीप निखारी तपाईंमा सशक्त इभेन्ट म्यानेजरको व्यक्तित्व विकास गर्नका लागि एकदिने वर्कशपमा सहभागी हुनुहोस् ।

शुल्कः रु.१०००

मितिः १ भदौ

स्थानः स्टाफ कलेज, जावलाखेल

दर्ताका लागिः ९८५११४६७१३

फिल्म हेरौं: नयाँ सम्बन्ध, प्रेम र इष्र्या सम्बन्धी कथामा आधारित फिल्म हेर्न जाऔं ।

मितिः ३१ साउन

समयः बेलुका ७ देखि ९ बजेसम्म

स्थानः अलायन्स फ्य्रान्साइज, बन्सीघाट मार्ग,

टेकु रोड, त्रिपुरेश्वर


टुबोर्ग स्टेज

टुबोर्ग बियरले संगीतप्रेमी युवा लक्षित टुबोर्ग स्टेज सञ्चालन गर्ने भएको छ । ‘सबैका लागि संगीत’ भन्ने नाराका साथ सञ्चालन हुने टुबोर्ग स्टेज तीन चरणमा सम्पन्न गर्ने जनाइएको छ । पहिलो चरणमा टुबोर्ग म्युजिकल ट्रक विभिन्न जिल्ला र शहरमा स्थानीय तथा स्थापित कलाकार लिएर सांगीतिक यात्रामा निस्किनेछ ।

दोस्रो चरणमा टुबोर्ग बसले कन्सर्ट हुने स्थान वरपर चहलपहल बढाउन परिक्रमा गर्ने जनाइएको छ । तेस्रो चरणमा भने १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, रोविन एन्ड द न्यू रिभोलुसन, अभय एन्ड द स्मिम इन्जन्स, सविन राई एन्ड इलेक्ट्रिक्स, निमा रुम्बा एन्ड द लिजेन्ड ब्याङ्क तथा द स्याडोजले देशका प्रमुख ६ शहरमा प्रस्तुति दिनेछन् । २६ साउनमा नेपालगञ्जबाट शुरु हुने कन्सर्ट, बुटबल, नारायणगढ, धरान, पोखरा हुँदै १९ असोजमा काठमाडौं आएर टुङ्गिनेछ ।


बीबीसी अब बिहान पनि

बीबीसी नेपाली सेवाले बिहानी प्रस्तुतिका साथ आफ्नो प्रसारण विस्तार गरेको छ । १७ साउनदेखि शुरु भएको बिहानी सेवामा बिहान ६:४५ देखि १५ मिनेटसम्म क्षेत्रीय र अन्तर्राष्ट्रिय समाचार प्रसारण हुन्छन् । विस्तृत रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार प्रस्तुत गर्ने बिहानी सेवामा तथ्यमा आधारित वस्तुगत र सन्तुलित समाचार संक्षेप, विश्लेषण, फिचर र अन्तर्वार्ता जस्ता सामग्री प्रसारण हुन्छन् ।

बीबीसी नेपाली सेवा १०३ मेगाहर्ज, देशभरिका २६० भन्दा धेरै रेडियो स्टेसनहरु साथै अनलाइनमा बीबीसी नेपाली डटकमबाट पनि सुन्न सकिन्छ ।

comments powered by Disqus

रमझम