२ भदौ २०७० | 18 August 2013

२१ दिनसम्म निरन्तर बाँसुरीवादन

Share:
  
- ऋषिराम कट्टेल

ललितपुरको यलमाया केन्द्रले २४ साउनदेखि २१ दिनसम्म चौबीसै घण्टा बाँसुरी बजाइने 'अखण्ड साधना' शुरु गरेको छ। नेपालको सांगीतिक इतिहासमै यस्तो कार्यक्रम पहिलो भएको बताउँदै कार्यक्रमका संयोजक वरिष्ठ बाँसुरीवादक जीवन आलेले शास्त्रीय संगीत र बाँसुरीवादनको विकास गर्न यो कार्यक्रम आयोजना गरिएको बताए।

यलमाया केन्द्रमा जारी अखण्ड साधना कार्यक्रममा बाँसुरी बजाउँदै रत्न विक, डम्बर खड्काथोकी र सरोज अधिकारी।
११ जना बाँसुरीवादक सहभागी रहेको यो साधना यलमाया केन्द्रमा १२ भदौ श्रीकृष्ण जन्माष्टमीसम्म संचालन हुनेछ। पत्रकार कनकमणि दीक्षितले दीप प्रज्वलन गरी उद्घाटन गरेको यो कार्यक्रममा प्रेम मगराती, डम्बर खड्काथोकी, रत्न विक, दुर्गा बैक, सरोज अधिकारी, नागेन्द्र राई, मीन समाल, धनबहादुर गुरुङ, विनोद लामा, भक्तबहादुर बुढा, प्रेम वाइवा सहित ११ बाँसुरीवादक सहभागी छन्।

यलमाया केन्द्रले नेपाली संगीत विकासको निमित्त सात वर्षदेखि प्रत्येक महीनाको २ गते साँझ ५ बजे शास्त्रीय संगीतको कार्यक्रम 'यलमाया क्लासिक' गर्दै आएको छ। विदेशी कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेको यो कार्यक्रममा युवाहरुको उल्लेखनीय उपस्थिति रहने गरेको छ।

comments powered by Disqus

रमझम