२ भदौ २०७० | 18 August 2013

वेम्बली एरेनामा नेपथ्य

Share:
  

नेपालको लोक पप सांगीतिक ब्याण्ड नेपथ्य ले लन्डनको वेम्बली एरेनामा १९ साउनमा कन्सर्ट गरेको छ। म्यूजिक फर युनिटी नेपथ्य सांगीतिक यात्रा अन्तर्गत अमृत गुरुङले नेतृत्व गरेको यो ब्याण्डले झण्डै सात हजार दर्शकमाझ छेक्यो छेक्यो देउराली डाँडा, भेडाको ऊन जस्तो, तालको पानी माछाले खाने, चरी मर्‍यो सिसैको गोलीले, जोमसोमै बजारमा, गाउँ गाउँबाट उठ लगायतका चर्चित गीत प्रस्तुत गरेको थियो।
साढे दुई घण्टा चलेको कन्सर्टमा बेलायत तथा यूरोपका विभिन्न देशबाट नेपाली दर्शक आएका थिए। विश्वविख्यात बिटल्स, स्याडोज, स्पाइस गर्ल्स जस्ता सांगीतिक समूहले सांगीतिक प्रस्तुति दिइसकेको त्यहाँ नेपाली ब्याण्डको यो पहिलो प्रस्तुति हो। पर्छ प्रोडक्सन र सव सोनिक रुट्स नामक दुई संस्थाले सो कार्यक्रम आयोजना गरेका हुन्।

comments powered by Disqus

रमझम