२ भदौ २०७० | 18 August 2013

फ्रेण्ड्स क्याफे एण्ड बार

Share:
  

ठमेल गइरहने व्यक्तिका लागि ओ आर टु के नौलो होइन। यो भवनमा रहेको फ्रेण्ड्समा निकै मीठो बर्गर पाइन्छ। यसको मेन्यूमा विशेषतः स्प्यानिस परिकारहरु पर्दछन्।

यहाँको स्प्यानिस् ब्रेडका साथमा पस्किइने तपाज तपाईं च्याउ, साल्मोन वा चिकेन ससेस् आफ्नो इच्छा अनुसार खान सक्नुहुन्छ। लसुन, जैतुनको तेल, कागतीको रस र अण्डाको पहेंलो भागको सम्मिश्रणबाट तयार पारिएको अचारको साथमा टेर्टिएला डि पटाटाज् (स्प्यानिस तरिकाको आलु अम्लेट) अर्को नौलो परिकार हुन सक्छ। यी परिकारसँगै फ्रेण्ड्सले उपलब्ध गराउने थाइ सलाद उत्तिकै ताजा र स्वस्थकर हुने गर्छ। हट पटका साथमा आउने खानाका कारण खानेकुरा सेलाउला कि भन्ने पीर लिनु र हतारिएर खानुपर्ने अवस्थाबाट पनि मुक्ति मिल्छ, यस रेस्टुरेन्टमा।

फ्रेण्ड्सको खाना र साजसज्जा तारिफ गर्न लायक छ। कमि रहेको खाना सर्भको पाटो पनि सुधार्ने हो भने सुनमा सुगन्ध थपिन्छ।
फ्रेण्ड्स पुग्ने तरिकाः ठमेलमा रहेको मण्डला स्ट्रिटतर्फ जाँदा अण्डरग्राउण्ड पार्किङ पार गर्नुहोस्। दायाँतर्फ हेर्दै जाँदा बाहिरी भर्‍याङ भएको घरमा यो रेस्टुरेन्ट छ।

स्प्यानिस तपाज रु. २४०

आलु अम्लेट रु. १८०

थाइ सलाद रु. २०५

चिकेन मिटबल (हट पट) रु. ३२५

comments powered by Disqus

रमझम