२ भदौ २०७० | 18 August 2013

कहाँ के ?

Share:
  

प्रेमाभिव्यक्तिः कथा/सथा र वर्ड वारियरद्वारा आयोजित तीनदिने लेखन कार्यशालामा सहभागी भई लभ नोट लेख्नुहोस् र आफ्नो प्रेम कथा सुनाउनुहोस्। शुल्कः रु.१५०

मितिः २८, २९ र ३० साउन

समयः दिउँसो २ देखि ४ बजेसम्म

स्थानः अरुण थापा चोक, झम्सिखेल, ललितपुर

आवेदनः goo.gl/VTyCPW २७ साउनसम्म

इभेन्ट म्यानेजमेण्ट वर्कशपः प्रभावकारी इभेन्ट म्यानेजमेण्टको कक्षामा सहभागी भई सशक्त इभेन्ट म्यानेजर बन्न एकदिने कार्यशालामा सहभागी हुनुहोस्।
शुल्कः रु.१००० मितिः १ भदौ स्थानः स्टाफ कलेज, जावलाखेल दर्ताका लागिः ९८५११४६७१३

रिफ्लेक्टिभ इन्स्ट्याण्टः भावना मानन्धर, राजेश मानन्धर, निरज चित्रकार र गणेश जीसीको संयुक्त चित्रकला प्रदर्शनी।

मितिः ३ भदौसम्म

स्थानः पार्क ग्यालरी, पुल्चोक

सम्पर्कः (०१) ५५२२३०७ www.parkgallery.com.np

कटः स्त्रि्कप्ट लेख्नुहोस्, २७०० डलर नगद पुरस्कार जित्नुहोस् र आफ्नै फिल्म बनाउनुहोस्।

स्त्रि्कप्ट पठाउने अन्तिम मितिः ३१ साउन

सम्पर्कः www.newnepalicinema.com/script2013

अ पिपुल वारः नेकपा (माओवादी) ले फागुन २०५२ मा शुरु गरेको हिंसात्मक द्वन्द्वले नेपाललाई १० वर्ष लपेट्यो। यो अवधिमा मुलुकले अकल्पनीय क्षति र पीडा बेहोर्नुपर्‍यो। १० वर्षपछि पनि नेपाली समाजमा हिंसाको खाटो बसिसकेको छैन। त्यो समयको तस्वीर हेर्न ललितपुर, पाटनढोकाको शान्ति संग्रहालय जानुहोस्। 'अ पिपुल वार' नाम दिइएको प्रदर्शनीमा युद्धग्रस्त नेपालको त्रस्त जनजीवन देख्न सकिन्छ।

समयः बिहान ११ देखि अपरान्ह ४ बजेसम्म। मंगलबार बाहेक सधैं।

सम्पर्कः (०१)५५४९९४८, www.madanpuraskar.org

पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक गिलास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै बिताउने अवसर।

शुल्कः रु.९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

फिल्म हेरौं: नयाँ सम्बन्ध, प्रेम र इर्ष्या सम्बन्धी कथामा आधारित फिल्म हेर्न जाऔं।

मितिः ३१ साउन

समयः बेलुका ७ देखि ९ बजेसम्म

स्थानः अलायन्स फ्य्रान्साइज, बन्सीघाट मार्ग, टेकुरोड, त्रिपुरेश्वर

सीप सिक्ने मौकाः याङ्गाहा र जेरीबाट नृत्य परिष्कार सम्बन्धी सीप सिक्नुहोस्।

शुल्कः रु.२५०

मितिः ३० साउन

समयः दिउँसो ३ देखि साँझ ६ बजेसम्म

स्थानः काठमाडौं ज्याज कन्जरभेटरी, झम्सिखेल

comments powered by Disqus

रमझम