२ भदौ २०७० | 18 August 2013

डान्सर प्रहरी

Share:
  
- ऋषिराम कट्टेल

डेढ दशकदेखि नेपाल पुलिस क्लबको सांस्कृतिक शाखामा कार्यरत गीता राई गत तीन वर्षदेखि टेलिभिजन र स्टेजका दर्शकमाझ लोकप्रिय भइरहेकी छन्। १० वर्षसम्म प्रहरी संगठनभित्र सीमित उनी टेलिभिजनका पर्दाबाट फराकिलो दायरामा आएको बताउँछिन्। चार दर्जन म्युजिक भिडियोमा नाचिसकेकी गीता नृत्यकलाले नेपालमा राम्रै भाउ पाएको अनुभव सुनाउँछिन्।

कौडा, सालैज्यो, झ्याउरे, नेवारी, सेलो लगायतका नेपाली सांस्कृतिक नृत्यहरूमा पारङ्गत छन्। नृत्यका लागि हङकङ, बेलायत, सिंगापुर, जापान, बु्रनाई, कतार, साउदी आदि मुलुक पुगिसकेकी उनी आधुनिक नेपाली र शास्त्रीय नृत्यमा पनि सिपालु छिन्। व्यावसायिक हिसाबले हिजोआज धेरैजसो लोकदोहोरीका म्यूजिक भिडियोमा छाएकी नेपाल प्रहरीकी हवल्दार गीता भन्छिन्, “मिहिनेत र संघर्ष गर्दा राम्रैसँग बाँच्न सकिंदो रहेछ।”

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम