९ भदौ २०७० | 25 August 2013

लोपोन्मुख गरुड

Share:
  
- यात्रा थुलुङ

भुँडीफोर जोडीको प्रेम ।
संसारभरिमा ६ हजार ५०० देखि ८ हजारसम्म बाँकी रहेका भुँडीफोर गरुड (लेसर स्टक) लोपोन्मुख चरा हो । नेपालमा यसको संख्या २२० रहेको एउटा अध्ययनले देखाएको छ ।

आहाराको खोजी गर्दै सिमसारमा भुँडीफोर ।
पूर्वी तराईको सिमसारमा पाइने यो चराबारे भरतराज सुब्बा, कुलप्रसाद लिम्बू र यो पंक्तिकारले दुई वर्षअघि अध्ययन गर्दा सर्प, भ्यागुता र माछा यसको मुख्य आहारा भएको पाइएको थियो ।

जुनेली रातमा भुँडीफोर ।
भारत, श्रीलंका, बंगलादेश, लाओस, बर्मा, मलेशिया, थाइल्याण्ड, ब्रुनाई, इण्डोनेशिया र भियतनाममा पाइने यो चरा नेपालमा पहिले सिमलका रूखमा र अहिले सिमल मासिएकाले करमको रूखमा बस्छ ।

घाममा पँखेटा फिंजाउँदै ।
यहाँ देखिएका भुँडीफोर गरुड मोरङको बेतनादेखि मंगलबारे र सुनसरीको हाँसपोसा, चारकोसे जंगल र कोशी टप्पुको डुबान क्षेत्रमा तीन वर्षयता खिचिएका हुन् ।

खेतबारीबाट चरेर गुँडतिर फर्कंदै ।

शब्द/तस्वीरः यात्रा थुलुङ

comments powered by Disqus

रमझम