९ भदौ २०७० | 25 August 2013

६ शहरमा टुबोर्गको कन्सर्टं

Share:
  

गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग बियरले ‘टुबोर्ग लेट्स गेट लाउड’ नाममा देशव्यापी कन्सर्ट अभियान थालेको छ । नेपालका प्रसिद्ध सांगीतिक ब्याण्ड र कलाकारहरुको सहभागिता रहेको यो कन्सर्टको सुरुआत २६ साउनमा नेपालगञ्जबाट भएको थियो । गायक निमा रुम्बा, दि लिजेण्ड, रविन एण्ड न्यू रिभोल्युशन लगायत समूहले प्रस्तुति दिएको कन्सर्टमा दर्शक÷श्रोताको उल्लेख्य सहभागिता थियो । ‘सबैका लागि संगीत’ भन्ने नारासाथ चलेको यो कन्सर्ट १ भदौमा बुटवलमा भएको थियो । दुई महीना चल्ने यो कन्सर्ट १५ भदौमा नारायणगढमा, २९ भदौमा धरानमा, ५ असोजमा पोखरामा र १९ असोजमा काठमाडौंमा हुनेछ । कन्सर्ट घटस्थापनाको दिन काठमाडौंमा समापन हुने गोर्खा ब्रुअरीले जनाएको छ ।

कन्सर्टमा १९७४ एडी, मुक्ति एन्ड रिभाइभल, रविन एन्ड न्यू रिभोल्युशन, अभया एन्ड दि स्टिम इन्जन्स, सविन राई एन्ड इलेक्ट्रिक्स, निमा रुम्बा एन्ड लिजेन्ड ब्यान्ड र दि स्याडोज गरी ७ ब्याण्डले यो कन्सर्ट अभियानमा प्रस्तुति दिंदैछन् । गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर पल ओलिभर क्लड्पियरले टुबोर्गले स्थापनाकालदेखि नै संगीतस“गको सहकार्यलाई निरन्तरता दिएको बताए । “जहा“ संगीत र रमझम हुन्छ, त्यहा“ टुबोर्ग हुने भएकाले संगीत पारखीका लागि यो कन्सर्ट मनोरञ्जक हुनेमा विश्वस्त छु” उनले भने । ‘अन्तराल’ को संयोजनमा हुन लागेका यी कन्सर्ट दर्शकले निःशुल्क हेर्न र सुन्न सक्छन् ।

comments powered by Disqus

रमझम