९ भदौ २०७० | 25 August 2013

रंगमञ्चमा रावण अवतार

Share:
  

परम्परागत खलनायकको पात्र रावणको चरित्रलाई समकालीन परिवेशमा विनिर्माण गरी तयार पारिएको नाटक ‘निरावण’ सर्वनाम थिएटरमा २८ साउनदेखि मञ्चन भइरहेको छ ।

नाट्यकर्मी कृष्ण शाह यात्रीको लेखन तथा निर्देशन रहेको नाटक ‘निरावण’मा आजको समयमा मानिसहरू कसरी रावण बनिरहेका छन्, आदर्श नायकहरू स्वार्थ र महङ्खवाकांक्षाले कसरी ‘निरावण’मा परिणत भइरहेका छन् र भ्रष्टाचारी, अपराधी र दोषीहरूले कसरी उन्मुक्ति पाइरहेका छन् जस्ता विषय देखाइएको छ । सर्वनामको आयोजना र ज्योतिपुञ्ज साइन थिएटरको प्रस्तुति रहेको नाटक ‘निरावण’मा दीपक आचार्य, काजी रम्तेल, कुमार सिम्खडा, जीवनविलास पाण्डे, आदर्श घिमिरे, शान्ति नेपाली, सुनिता राना, स्वर्णिम थापा, संघर्ष गौतम, आदर्श खनाल आदि कलाकारको अभिनय छ । यसमा निरावणलाई रावणकै नव–अवतारका रूपमा प्रस्तुत गरिएको छ । रोचक र व्यङ्ग्यात्मक प्रस्तुत नाटकले अहिलेका नायकहरूमा आएको विचलनलाई देखाउन खोजेको छ । नेपाली रंगमञ्चमा ‘सांकेतिक नाटक’ का प्रयोक्ता यात्रीले नाटक ‘निरावण’मा मल्टिमिडियाको समेत प्रयोग गरेका छन् । मञ्च र पर्दामा दर्शकहरूले एकैसाथ ‘निरावण’का दृश्य देख्नेछन् । ‘निरावण’ ७ भदौसम्म मञ्चन हुनेछ ।

comments powered by Disqus

रमझम