९ भदौ २०७० | 25 August 2013

कहाँ के ?

Share:
  

वागमती महोत्सवः काठमाडौं सभ्यताको धरोहर वागमती नदीको सरसफाइ, परेड, रयाफ्टिङ लगायतका कार्यक्रम सहित वागमती महोत्सव ८ भदौसम्म चल्नेछ ।

गुँलाः नेवारी चाडपर्वहरू शुरु भएका छन् । महत्वपूर्ण चाडका तस्वीर खिच्ने मौका,

२१ भदौसम्म ।

काठमाडौं बुक स्वापः पुस्तक र कफी प्रेमी हुनुहुन्छ भने कफी पिउँदै पुराना पुस्तक साट्ने मौका हरेक महीनाको दोस्रो शनिबार पाउनुहुनेछ ।

समयः दिउँसो २:३० बजे

स्थानः एल्लो हाउस, सानेपा, केटिएम बुक स्वाप

विस्तृतः wordpress.com/2013/08/07/august-bookswap/

पौडी र खानाको अवसरः तपाईंको सप्ताहान्त स्वीमिङ पुलमा पौडिएर र एक ग्लास बियरका साथमा स्वादिष्ट खानाको स्वाद लिंदै विताउने अवसर ।

शुल्कः रु.९९९

मितिः हरेक शनिबार

समयः बिहान ११ देखि साँझ ६ बजेसम्म

स्थानः वाटर फ्रन्ट रिसोर्ट, पोखरा

सम्पर्कः (०६१) ४६६३०३, ३०४

विस्तृतः www.waterfronthotelnepal.com

सबै एकै ठाउँ: एकै ठाउँमा सम्मेलन, नृत्य कार्यशाला र प्रस्तुति ।

प्रवेशः निःशुल्क

मितिः २ देखि ११ भदौ

स्थानः अलायन्स फ्य्रान्साइज, टेकु

चौथो बिजनेस स्क्वायरः अनलाइन सपिङ पोर्टल सस्तो डिलका इन्टरपेनर एवं महीनाका उद्यमी अमुन थापाबाट उनको सिकाइका सम्बन्धमा हुने प्रिजेण्टेसन र सेयरिङमा सहभागी हुने अवसर ।

शुल्कः रु.९९९

मितिः ६ भदौ

समयः बेलुका ६ देखि ९ बजेसम्म

स्थानः इम्बर्स रेस्टुरेन्ट, कृष्णगल्ली

comments powered by Disqus

रमझम