९ भदौ २०७० | 25 August 2013

ले शेर्पा

Share:
  

पुराना आगन्तुकका गुनासाहरूको आधारमा दुई वर्षको बीचमा ले शेर्पाले आफूलाई सुधार गरेको छ । पान यूरोपियन खानाका परिकार पस्किने यो रेस्टुरेन्टले उत्कृष्ट परिकारहरू खुवाउँछ ।

तपाज स्टाइलको ह्युमस प्लेट, क्वायल अण्डा, पिसिएका तरकारी, घाममा सुकाएको टमाटर र फ्रेञ्च पाउरोटीको सेट निकै स्वादिस्ट छ । जसमध्ये ह्युमस अलिक बढी अमिलो रहे पनि क्वायल अण्डाको पर्याप्तताले त्यसलाई सन्तुलित पार्छ ।

रेस्टुरेन्टमा मासुका प्रमुख परिकारमध्ये पनि धेरैजसो चिकेनका छन् । बर्डफ्लू ? न आत्तिनुस्, यहाँ पोर्क लगायत अन्य मासुका परिकार पनि पाइन्छन् । जसमध्ये स्लो रोस्टेड पोर्क बेल्ली जिब्रोमा झुण्डिरहने एउटा परिकार हो । त्यसैगरी खरायोको मासुको परिकार मसलाको उपयुक्त प्रयोगका कारण अर्को उत्कृष्ट परिकार बनेको छ ।

डिजर्टका रूपमा आएको क्रिम ब्रुलीका बारेमा यसअघि सुनिएको गुनासो पनि अहिले सुधारिएको छ । वास्तवमै भन्नुपर्दा, ले शेर्पाका किचन, बस्ने ठाउँदेखि लिएर हरेक खानेकुरा उत्कृष्ट छन् ।

कसरी पुग्ने ?: लाजिम्पाटस्थित सांग्रिला होटलबाट उत्तरतर्फ हिंड्दै गर्दा भोल्क्स वागन शोरुमको सामुन्नेमा रहेको रामालय कम्प्लेक्सको भित्रपट्टि ले शेर्पा रेस्टुरेन्ट देखिन्छ ।

comments powered by Disqus

रमझम